चालीस हजार घुससहित सहायक वन अधिकृत पक्राउ

धादिङ । धादिङको नीलकण्ठ सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल रू ४० हजारसहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले पौडेललाई कार्यकक्षबाटै पक्राउ गरेको हो । 

वन कार्यालयले समातेको काठको धनीलाई मुद्दा नचलाउने शर्तमा दिएको घुस लिएको पाइएको छ ।