एकसाता पछि बढ्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौँ । एकसातादेखि लगातार घटिरहेको सुनचाँदीको मूल्य सोमबार भने बढेको छ । सुनको मूल्य प्रतितोला ४ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय ५० रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ९५ रुपियाँ कायम गरिएको छ । 

Advertisement

हिजोका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय ५० रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ९० रुपियाँ कायम गरिएको थियो । 

Advertisement

Advertisement