नारायणी डेभलपमेन्ट बैंकले १३ करोड रुपियाँको हकप्रद निष्काशन गर्ने, सेबोनसँग माग्यो अनुमति

काठमाडौँ ।, नारायणी डेभलपमेन्ट बैंकले १३ करोड रुपियाँ बराबरको हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन) सँग अनुमति मागेको छ ।

१ः१ अनुपातमा १३ करोड १२ लाख ३३ हजार ८०० रुपियाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको बैंकले जनाएको छ । 

हकप्रद निष्काशनको लागि बैंकले गत शुक्रबार आवेदन दिएको सेबोनले जनाएको छ ।

बैंकको हाल कायम चुक्ता पूँजी १३ करोड १२ लाख रुपियाँ छ । हकप्रद बिक्री पनि २६ करोड २४ लाख रुपियाँ चुक्ता पूँजी पुग्नेछ ।

नारायणी  डेभलपमेन्ट बैंकलाई १ः१ अनुपातमा मात्रै हकप्रद जारी गर्न राष्ट्र बैंकबाट स्वीकृति