वेल्थ म्यानेजमेन्टको स्वामित्व एशियन लाइफले किन्यो, अब एशियन क्यापिटलका नाममा सञ्चालन हुने

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी र वेल्थ म्यानेजमेन्ट एण्ड बैंकिङ लिमिटेडबीच शेयर लगानी/स्वामित्व खरिद गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रममा उक्त सम्झौता भएको हो । 

सम्झौता पत्रमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र वेल्थ म्यानेजमेन्टको तर्फबाट अध्यक्ष सचिन सिलवालले हस्ताक्ष गरेका हुन् । 

सम्झौतापछि वेल्थ म्यानेजमेन्टमा एशियन लाइफ इन्स्योरेन्सको ५१ प्रतिशत स्वामित्व कायम भएको छ । वेल्थ म्यानेजमेन्ट बीमा क्षेत्रमा एशियन लाइफको पहिलो सहायक कम्पनी हुनेछ । स्वामित्व परिवर्तन पछि वेल्थ म्यानेजमेन्टको नाम परिवर्तन गरी एशियन क्यापिटल लिमिटेड कायम हुनेछ ।

वेल्थ म्यानेजमेन्टले हाल लगानी व्यवस्थापन र निक्षेप सेवा(डीपी) प्रदान गर्दै आएकोमा भविश्यमा नियमक निकायबाट स्वीकृति लिई अन्य मर्चेन्ट बैंकिङ सेवाहरु प्रदान गर्ने लक्ष्य लिएको कम्पनीद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।