हुन्डाईको प्यालिसेड नेपाल भित्रियो, आधिकारिक रूपमा छिट्टै सार्वजनिक हुने

काठमाडौँ । हुन्डाई गाडीको नेपालको लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्राएको छ । प्यालिसेड ७ सिटर प्रिमियम एसयूभी हो  ।

कम्पनी स्रोत अनुसार यो कार छिट्टै आधिकारिक रूपमा सार्वजनिक हुनेछ  ।  यो कार कोरियामा उत्पादन भएर नेपाल आएको हो ।
 
नेपाली बजारमा प्यालिसेड २.२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ, जसले २०० पीएस पावर तथा १७५०/२७५० आरपिम  टर्क उत्पादन गर्नेछ । 

यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समीसनमा उपलब्ध रहेको छ । नेपाली बजारमा यो एसयूभीको शुरूआती मूल्य २ करोड रुपियाँ पर्ने अनुमान गरिएको छ ।

नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, मित्सुबिशी पजेरो र फोर्डको इन्डेभरसँग हुने कम्पनीले जनाएको छ ।