कृषि विकास बैंकले कर्जाको हर्जाना ५० देखि १०० प्रतिशतसम्मै छुट दिने

Advertisement

काठमाडौँ । कृषि विकास बैंकले कर्जा सुविधा लिई कारोबार गरिरहेका कर्जा ग्राहकहरुलाई हर्जाना ब्याजमा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म विशेष छुटको व्यवस्था गरेको छ । 

हाल कोभिड–१९ का कारणले उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गरी उक्त छुटको व्यवस्था गरेको बैंकका प्रवक्ता तथा सूचना अधिकारी हिमलाल पौडेलले बताए ।  

Advertisement

कर्जा ग्राहकहरुलाई आफुले कारोबार गर्दै आएका बैंकका शाखाहरुमा असार मसान्तभित्र सम्पर्क गरी अवसरको सदुपयोग गर्न बैंकले अनुरोध गरेको छ । 

Advertisement

Advertisement