डा. खतिवडा कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा. युवराज खतिवडा कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूत नियुक्त भएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खतिवडालाई कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।  

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम आज सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।