आन्तरिक उडान खुलाउने निर्णय, १० देशले सातामा २५ अन्तर्राष्ट्रिय उडान गर्न पाउने

Advertisement

काठमाडौं । सरकारले आन्तरिक हवाई उडान खुलाउने निर्णय गरेको छ । सोमबार ७ असारमा बसेको मन्त्रिपरिषदको बैठकले जनस्वास्थ्यको मापदण्ड पालना गरी आन्तरिक वायुसेवाका कुल उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ । आन्तरिक उडान खुला गरेकोले यसको उडान तालिका र सम्बन्धित वायुेवालाई दिने उडान स्वीकृतिको जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिइएको मन्त्रिपरिपरिषदको निर्णयमा उल्लेख छ ।

सरकारले २० वैशाखदेखि कोरोना जोखिम बढेको भन्दै बन्द गरेको आन्तरिक उडान बन्द अघिको उडान क्षमताको आधा संख्यामा मात्रै गर्न पाइने भएको छ । विमानस्थलमा भिडभाड कम गर्न वायुसेवालाई एक उडानपछि अर्को उडानको लागि पर्याप्त सयम दिन दैनिक २० उडान गर्ने वायुसेवालाई १० उडान मात्रै गर्न दिने गरी आन्तरिक उडान खुलेको छ । उडान खुलेपनि तालिका बनाउन र वायुेवालाई उडान मिति तोक्ने काम भने बुधबार मात्रै हुने पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

Advertisement

सरकारको निर्णयपछि अब पर्यटन मन्त्रालयले उडान तालिका बनाउने र सम्बन्धित वायुसेवालाई कुनलाई कति उडान दिने भन्ने टुंगो लगाउने पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । उनका अनुसार सरकारले १६ वैशाख अगाडि अर्थात निषेधाज्ञा अगाडि हुने गरेको उडान तालिकाको आधा क्षमतामा उडान गर्ने गरी स्वीकृति दिएको हो । यस्तो स्वीकृति अनुसार निषेधाज्ञा अगाडि आन्तरिक वायुसेवामा दैनिक एक सय वटा उडान हुन्थ्यो भने ५० वटा मात्रै उडान गर्न दिने गरी तालिका बनाइने भएको छ ।

१० देशमा २५ उडान अन्तर्राष्ट्रिय उडान हुने
मन्त्रिपरिषदको निर्णय अनुसार अन्तर्राष्ट्रिय उडानमा अब १० देशको सातामा २५ वटा नियमित उडान खुलेको छ । मन्त्रिपरिषदले जनस्वास्थ्यको मापदण्ड पूर्ण पालना हुने गरी अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । यस्तो निर्णय अनुसार हाल खुला भएका भारतबाहेक देश रहेका छन् । यस अघि टर्की र कतारको उडान सातामा एकएक वटा गर्न दिइएको भएपनि अब भने यी गन्तव्यमा थप उडानको अनुमति दिइएको छ । अन्य थप आठ मुलुकमा नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय भएको छ । 

पर्यटन मन्त्रायले दिएको जानकारी अनुसार मन्त्रिपरिषदले खुला गरको अन्तर्राष्ट्रिय उडानमा काठमाडौंबाट हुने दुईतर्फी उडानसहित कतारमा चारवटा, टर्कीमा दुईवटा, युएईमा चारवटा, साउदी अरवमा दुईवटा, कुवेतमा दुईवटै, मस्कटमा एक, मलेसियामा चारवटा, दक्षिण कोरियामा, जापानमा एक र चीनमा चारवटा उडान हरेक साता हुने भएको छ ।

काठमडौंबाट दोहा नेपाली वायुसेवलाई दुई र कतारकालार्ई दुई गरी सातामा चार उडान हुने भएको छ । टर्कीको इस्तानबुलमा टर्किस एयरलार्य सातामा दुईवटा, युएईको दुबईमा नेपाली वायुसेवा दुई र यूएईका दुई गरी सातामा चार उडान हुने भएको छ ।

साउदी अरबको दमामामा नेपाली वायुसेवाको सातामा दुईवटा, कुवतमा कुवेतकै वायुसेवलाई सातामा दुईवटा उडान अनुमति दिइएको छ । मस्कटमा ओमानकै साताको एक उडान हुने गरी नियमित उडान खुलेको छ । यस्तै मलेसियामा नेपाली वायुसेवाको दुई र मलेसियनको दुई गरी सातामा ४ उडान हुने भएको छ ।

दक्षिण कोरियामा कोरियाली वायुसेवलाई नै सातामा एक उडानको अनुमति दिइएको छ । जापानमा नेपाली वायुसेवाले सातामा एक उडान गर्ने भएका छन् । चीनको छुन्दु र ग्वान्झाओमा नेपाली वायुसेवाको एकएक र चिनियाको एकएक गरी सातामा दुई उडान हुने भएको मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ । 
 

Advertisement

Advertisement