विवादास्पद कम्पनी ‘सगुन’सँग गैरआवासीय नेपाली संघको सहकार्य

Advertisement

लण्डन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले विवादास्पद कम्पनी सगुनसँग सहकार्य गरेको छ । सामाजिक सञ्जालमा आधारित इ—कमर्स कम्पनी सगुनले हजारौंलाई सेयर बेच्ने भन्दै ठगी गरेको गुनासो बढिरहेको बेला संघले सहकार्य गरेको हो । 

कल्याणकारी गतिविधिहरूमा सहकार्य गर्ने सम्भावनाको खोजी गर्न भन्दै संघले सुगुनसँग सहमति गरेको छ । प्रिआईपीओको नाममा लगानी गर्न लगाएर सगुनले विशेषगरी नेपाल बाहिरका विभिन्न मुलुकमा रहेका नेपालीहरूको ठगी गरेको सामाजिक सञ्जालमा गुनासो आउने गरेको छ । 

Advertisement

सामाजिक सञ्जालमा आधारित इ—कमर्स कम्पनीको रुपमा चिनाउँदै झण्डै छ बर्षअघि सुरु गरेको सुगनले आफ्नो उपस्थिति बढाउन सकेको छैन् । सगुनसँग सहमति गर्न संघले अध्यक्ष कुमार पन्त आफै उपस्थित भएका थिए । 

अमेरिका, नेपाल र भारतमा कार्यालय रहेको बताउँदै आएको सुगनले अहिले झन्डै ६५ लाख प्रयोगकर्ता रहेको दावी गर्दै आएको छ । यसमा पाँच सयभन्दा बढिले लगानी गरिसकेको विवरण छ । 

Advertisement

Advertisement