प्रेम सञ्जेलले मन छुने कविता लेख्दै ४० बर्षे सरकारी सेवाबाट अवकाश लिए

Advertisement

काठमाडौं । भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा चिनिएका उपसचिव प्रेम सञ्जेल ४० बर्षे सेवाबाट अवकाश भएका छन् । भ्रष्टाचारमा संलग्न प्रधानमन्त्रीदेखि नेता र कर्मचारीसम्मलाई लल्कादै आएका उनले आफ्नो सेवाप्रति आफैलाई गाली गर्दै अनिवार्य अवकाश लिएका हुन् । 

सामाजिक सञ्जालमा उनले अवकाश पाएको दिन कवितासमेत पोष्ट गरेका छन् । स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ भन्दै सञ्जेलले मुलुकभित्र तथा प्रशासनयन्त्रमा रहेको भ्रष्टाचारलाई औंल्याएका छन् । 

Advertisement

उनले लेखेका छन्, ‘९९ भ्रष्टाचारी, कालो कमाउने, घुस्याहा, भुस्याहा, छुस्याहा, जँड्याहा, कप्ट्याहा, द्रब्यपिसाच, घोसे, घोप्टे, कपटी, चाप्लुसे घुभुछुजकद्र घोघोकचाू देशमारा, जनताको रगत चुसाहा, अफिसको रगत चुसाहा, कमिसनखोर, कर्मचारीहरू र तिनका दृश्य अदृश्य राजनैतिक संरक्षकहरू, र ........हरू, जागिरबाट, सेवाबाट, पेशाबाट, कामबाट र ...बाट अवकाश भई वा खारेज भई सँधैको लागिू घर जान बिदा हुँदा जनताको रगत चुसेर भित्री शरिर जुकाको जस्तो रगतले ढाडिएर रातोपिरो पारेर बाहिरी शरिर र घुस्याहा कालो अनुहारू तत्काल छोप्न आसेपासेद्वारा कालो अनुहारमा अविर दलाएर तथाकथित बिदाई समारोहको प्रायोजनूू गर्छन। मैले त्यस्तो तथाकथित काम बहिस्कार गर्ने चलन आफैँबाट शुरू गरें । स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ । धन्यबाद ।’

सञ्जेल थप्छन्, नेपालमा नेता मात्र होईन कर्मचारी पनि उत्तिकै खराब छन । ४० बर्ष जागिर खायो रे । अरुले नगरेको तर तैले गरेको एउटा काम भन त भन्दा अफिस गएर फर्केँ भन्छ ।  पाए घुस खान्छ । नपाए अफिसको कमिसन खान्छ । भ्रस्टचार गर्छ । बाल बचेरा बिदेशमा पढाउँछ । यस्ताले त भैँसी पालेर बसे कसो होला, स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ ।’

उनले आफ्नो सेवाकालमा खाएका हण्डर र असहयोगलाई पनि अवकाशको दिन पोख्दै सामाजिक सञ्जालमा लेख्छन्, ‘नेपालका सबै कर्मचारी साथी ! तिमीले आफ्नै देश सुधार्न के कसम खायौ ? अझै घुस, कमिसन, नजराना, इनाम, बक्सौनी, रिश्वतको नाममा आफ्नै देश र गरिब नेपाली जनताको रगत चुस्दै छौ ? मैले भ्रष्टाचारबिरुद्ध लड्दा जेल, ज्यान र जागिरमाथि हिडने, आबश्यक परेका बखत बात, हात र लात चलाउने, समयले जे निर्णय गर्छ, सोही मान्ने कसम खाएर सरकारी जागिर, स्थायी नोकरीमा मात्र नोकरीमा ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरीविवदा लिएँ । धन्यबाद ।’

सञ्जेलको कविता

म कर्मचारी कि दलाल
कविः प्रेमप्रसाद संजेल “खतरा”

म कानमा लाउने सुनको दलाल
म तिहुनमा लाउने नुनको दलाल
म मकैमा लाग्ने घुनको दलाल
म भेडाको जीउको उनको दलाल
म देशले लाउने गुनको दलाल
म सुरक्षामा नपर्ने सु को दलाल
म प्रजातन्त्रमा नलाग्ने कू को दलाल
म ढलमा बग्ने नर्ककोे दलाल
म आकाशमा फल्ने फलकोे दलाल
म नदेखिने खालको दलको दलाल
म किसानले लाने बीउको दलाल
म बिदेशमा बिक्ने जीउको दलाल
म सडकमा लाग्ने गिट्टीको दलाल
म कोठीमा बेच्ने ठिटीको दलाल
म डाकाको बीचको प्रीतिको दलाल
म सेवाग्राहीले लिने सेवाको दलाल
म परिश्रमीले लिने मेवाको दलाल
म बाकसमा आउने लाशको दलाल
म ठिनेमिने होईन खासबिशेष दलाल
म भूकम्प पिडितको पालको दलाल
म बाढी पिडितको दालको दलाल
म बिचौलियाको जालको दलाल
म गुण्डाले लिने कालको दलाल
म पण्डाले लिने भेटीको दलाल
म नापी र माल दुबैको दलाल
म बिकास र निकास सबैको दलाल
म घरबार(दरबार दुबैको दलाल
म मन्दिरमा बज्ने घण्टीको दलाल
म बाह्रमासे आण्टीको दलाल
म तिनपाने भट्टीको दलाल
म पहेंलो बोक्ने टट्टीको दलाल
म मेरी आमा मट्टीको दलाल
म सारै निच घट्टीको दलाल
म ज्यान मार्ने दलालको दलाल
म फरार हुने परारको दलाल
म भाडामा मिल्ने करारको दलाल
म ब्रुुश्लीजस्तो प्रहारको दलाल
म मुश्लीजस्तो दारको दलाल
म एक्सरे नदेख्ने अन्धाको दलाल
म सुन बोक्ने बन्दाको दलाल
म अत्ति कालो धन्दाको दलाल
म ईमान्दार मास्ने मज्जाको दलाल
म बेईमानी पाल्ने गज्जबको दलाल
म घुस र भुस द्धयको दलाल
म मानिस मार्ने भयको दलाल
म हालसाल बिदेश गएको दलाल
गर्छन कि कसो जनताले हलाल । 

स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा  लिएँ ।

Advertisement

Advertisement