Advertisement

काठमाडौं । विगत एक दशक अगाडि सुरु भएको ई–कमर्श व्यवसाय सस्तोडिल पछिल्लो समय काठमाडौं उपत्यकामा मात्रै सीमित नभएर बाहिर पनि सेवा विस्तारमा लागेको छ । उपत्यका बाहिर चारवटा सहरमा कार्यालय नै स्थापना गरेर व्यवसाय गरिरहेको सस्तोडिलले दुई सय जनाभन्दा बढिलाई रोजगारीसमेत दिएको छ । 

कोरोना महामारीपछि चर्चामा आएका ई–कमर्श व्यवसायले पाँच वर्षपछि पाउने बजार अहिले नै पाउन सफल भएको सस्तोडिल डट कमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमुन थापा बताउँछन् । नेपालमा सस्तोडिलले अपेच्छाभन्दा निकै धेरै राम्रो प्रगति गरिरहेको छ । छोटो समयमा नै चार अंकको बृद्धिदर हाँसिल गरेको कम्पनीले आफूलाई पहिलो नम्बरमा स्थापित गर्ने योजनाका साथ काम गरिरहेको छ । 

Advertisement

द्रुत गतिमा विस्तार भइरहेको अनलाइन सपिङ व्यवसायमा मासिक एक अर्बको कारोबार हुन थालेको छ । अनलाइनमा ग्राहकका गुनासो सम्बोधन गर्दै अगाडि बढ्ने, व्यवास्थित कारोबार गर्ने, पारदर्शी व्यवसाय भएकोले पनि पछिल्लो समय ग्राहक आकर्षण पनि बढिरहेको थापा बताउँछन् ।

बजारमा जति सपिङ सेन्टर छन्, त्यसको प्रतिस्पर्धी अनलाइन सपिङ हुँदै गएका छन् । बजारमा गएर सामान हेर्दाभन्दा अनलाइनमा किन्दा बढि भरपर्दो र ब्राण्डेड सामान प्राप्त हुने र बिक्रेताले उपलब्ध गराउने सामानको जानकारी ई–कमर्शले नै दिने भएकाले त्यसमा गुणस्तरहीन वा आफूले अर्डर गरेको भन्दा फरक सामान डेलिभरी नहुने उनी बताउँछन् । अनलाइनमा प्रोडक्टको जानकारी, फिर्ता लिन दिन सकिने, कारोबार सहज हुने, घरमै आइपुग्ने जस्ता विशेषताले ग्राहकको विश्वास बढ्दै गएको थापाको भनाई छ ।

गत भदौंदेखि भारतीय ई–कमर्श कम्पनी फ्लिपकार्ट नेपाल भित्र्याएर सेवा दिन थालेको सस्तोडिलले ग्राहकको इच्छा र चाहना अनुसारका सबै सामान उपलब्ध गराइरहेको छ । समान बेचेपछि ग्राहकप्रति जिम्मेवारी हुने भन्दै उनले कम्पनी हेरेरै सामान किन्न ग्राहकलाई आग्रह गर्छन् । 

जसरी विभिन्न सपिङ मलमा राखेर सामान बिक्री गरिन्छ, त्यसैगरी ई–कमर्श व्यवसाय पनि सामान बिक्री कै प्लेटफर्म हो । ग्राहकले पसलमा गएर किन्नुको भरपर्दो विकल्प नै अनलाइन सपिङ बन्दै गएको छ । ई–कमर्शको प्रतिस्पर्धा नै एउटाबाट अर्को कम्पनीसँग नभएर बजारमा ग्राहक पुग्ने सपिङ मलसँग हुने तर्क सीईओ थापाको छ ।

सपिङ महलमा ग्राहकको रोजाईमा नपरेका सामान अनलाइनमा पहिलो प्राथमिकतामा पर्ने उनी बताउँछन । बजारमा ग्राहकले रोजाइमा सबैभन्दा कम महत्व दिने इलेक्ट्रोनिक सामान अनलाइनबाट पहिलो प्राथमिकतामा बिक्री भइरहेका छन् । ग्राहकको रुची, ई–कमर्श व्यवसायको बढ्दो दायरा, प्रतिस्पर्धी बजारका विषयमा सस्तोडिलका संस्थापक तथा सीईओ अमुन थापासँग गरिएको कुराकानी माथि भिडियोमा हेर्नुहोस्ः 

Advertisement

Advertisement