स्वर्णिम वाग्ले यूएनडीपीको एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकार नियुक्त

Advertisement

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्ले राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)को एसिया प्यासिफिक (आरबीएपी) प्रमुखको आर्थिक सल्लाहकार नियुक्त भएका छन् । 

अमेरिकाको न्यूयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा बसेर काम गर्नेगरी नियुक्त पाएका उनले ३६ मुलुकसँगमा रणनीति तथा साझेदारी निर्माणको नेतृत्व गर्नेछन् । 

Advertisement

वाग्लेले यसअघि विश्व बैंकमा वरिष्ठ अर्थविद्को रुपमा काम गर्नुका साथै यूएनडीपीकै प्रतिनिधिको रुपमा विभिन्न देशमा काम गरेका थिए । उनले अर्थशास्त्रमा अष्ट्रेलियाबाट विद्यावारिधि गरेका हुन् । 

Advertisement

Advertisement