एनसेलका कर्मचारीहरू आन्दोलनमा

Advertisement

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कम्पनीले आफूहरूलाई अन्याय गरेको भन्दै एनसेल कर्मचारी ट्रेड युनियनको व्यानरमा आन्दोलन सुरु गरिएको हो । 

युनियनकै अध्यक्षलाई धम्कीपूर्ण पत्र लेख्ने र कर्मचारीहरूलाई निकाल्ने तथा सुरुवा गर्ने गरेकाले आफूहरू बाध्य भएर विरोधमा उत्रिनु परेको कम्पनीको एक कर्मचारीले बताए । उनले भने, ‘यति ठूलो कम्पनीले हामीले अन्याय गर्यो । पहिला पनि चार जना कर्मचारीलाई कारवाही गरियो । अहिले विधि प्रक्रियाको नाममा कर्मचारीलाई सरुवा गरियो । युनियनकै अध्यक्षलाई धम्कीपूर्ण पत्र लेखियो, हरेक दुई–दुई बर्षमा हुने सामुहिक सौदावाजीमा पेश भएका जायज माग पनि सम्बोधन भएनन् । त्यही भएर विरोध गरेका हौं ।’ 

Advertisement

एनसेलको मुख्यालयमा कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका कर्मचारीहरूले डेभलपमेन्ट पोष्टिङका नाममा हुने गरिएको सरुवा बन्द गर्न र कर्मचारीमाथिको अन्यायपूर्ण कारवाही फिर्ता गर्न माग गरिएको छ । 

 

Advertisement

Advertisement