नेपालमै खरिद गरेका फोनको आइएमईआई दर्ता गर्नु पर्दैनः दूरसञ्चार प्राधिकरण

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा खरीद गरिएका मोबाइल फोनमा आइएमईआई नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ । प्राधिकणले बुधवार एक सूचना जारी गर्दै नेपालमै खरीद भई प्रयोगमा रहेका मोबाइल सेटको आइएमईआई नम्बर दर्ता गर्नु नपर्ने जनाएको हो ।

मोबाइल सेटमा हुने चोरी पैठारीलाई नियन्त्रण गर्न साउन एक गतेदेखि मोबाइल म्यानेजमेन्ट सिस्टम एमडिएमएस लागू हुँदैछ। प्राधिकरणले नेपालमा मोबाइल सेट खरीद गर्दा नियमानुसार आयात भई प्राधिकरणमा आइएमईआई दर्ता भएका मोबाइल सेट खरीद गर्नु पर्ने र भ्याट बिल अनिवार्य रूपमा लिनुपर्ने पर्ने जनाएको छ ।

Advertisement

प्राधिकरणले विगतबाटै नै एमडीएमएस लागू गर्ने पहल गरेको थियो ।  तर आगामी साउन १ गतेदेखि भने सो प्रणली सञ्चालनमा आउँने प्राधिकरणले जनाएको छ । आईएमईआई युनिक कोडको दर्ता भने प्राधिकरणले गत २०७३ वैशाखबाट सुरू गरेको हो ।

त्यस्तै, पहिलो चरणमा आइएमइआई नम्बर दर्ता र दोस्रोचरणमा भने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सञ्चालनमा ल्याउने प्राधिकरणको योजना रहेको थियो । 

Advertisement

Advertisement