श्री एसटिसि ग्रुपद्धारा वागमतीलाई दुईसय अक्सिजन सिलिण्डर र रेगुलेटर सहयोग

Advertisement

काठमाडौं । श्री एसटिसि ग्रुपले वागमती प्रदेशलाई अक्सिजन सिलिण्डर र सिलिण्डर रेगुलेटर सहयोग गरेको छ । ग्रुपका प्रवन्ध निर्देशक सुरेन्द्र उप्रेती र निर्देशक कृष्णप्रसाद दुलालले शनिबार वागमतीका मुख्यमन्त्री डोरमणि पौडेललाई दुईसय थान अक्सिजन सिलिण्डर र रेगुलेटर हस्तान्तरण गरे । 

कोभिड १९ को दोस्रो लहरको महामारीसँगै देशमा विभिन्न भागमा अक्सिजन र अक्सिजन सिलिण्डर अभाव भई धेरै बिरामीले ज्यान गुमाउनु परेको र अझै पनि अक्सिजन सिलिण्डर पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको भन्दै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग गरेको जानकारी दिएको छ । 

Advertisement

एसटिसि ग्रुप अटोमोवाइलका विभिन्न ब्राण्डका स्पेयर्स पार्टस, टायर, ल्युब तथा ब्याट्रीको आधिकारिक बिक्रेता हो ।  

Advertisement

Advertisement