ब्राजिललाई उस्कै घरेलु मैदानमा हराउँदै अर्जेन्टिना कोपा अमेरिका २०२१ को बिजेता

Advertisement

रियो डे जेनेरियो । ब्राजिललाई उस्कै घरेलु मैदानमा हराउँदै अर्जेन्टिना कोपा अमेरिका २०२१ को बिजेता बन्न सफल भएको छ । दक्षिण अमेरिकी फुटबलका दुई  शक्तिशाली टिमबीच गए राति भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई हराएर उपाधि हात पारेको हो । 

अर्जेन्टिनाको ऐतिहासिक जितमा एन्जेल डी मारियाले पहिलो हाफमा गरेको एक गोल नै निर्णायक बन्यो । यस जितसँगै उपाधि जित्ने फुटबल स्टार लियोनल मेसीको सपना पनि पूरा भएको छ । यसअघि उनले विश्वकप फाइनलसम्मको खेल खेले पन ठूलो उपाधि दिलाउन भने सकेका थिएनन् । 

Advertisement


ब्राजिलको माराकाना स्टेडियममा भएको खेलमाको ५२ औं मिनेटमा ब्राजिलका लागि रिचार्लिसनले गोल गरे पनि त्यसले मान्यता नपाएपटि अर्जेन्टिनाले २२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुगेको हो । 

सन् १९९३ मेक्सिकोलाई हराएर कोपा अमेरिका जितेको अर्जेन्टिनाको लागि यो त्यसपछिको ठूलो सफलता हो । 

Advertisement

Advertisement