एक्सेल डेभलपमेन्ट बैंकको कामु सीईओमा लेखराज कार्की नियुक्त

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकको कामु प्रमुख कार्यकारी अधिकृत पदमा लेखराज कार्की नियुक्त भएका छन् । 

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कार्कीलाई साउन १ गतेदेखि लागु हुने गरी कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । 

बैंकका सीईओ दिनेशकुमार पोखरेलको पदावधी २०७८ असार मसान्तबाट समाप्त भएको हुँदा कार्कीलाई कामु नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव श्यामबहादुर बोहोराले जनाएका छन् ।