सीताराम डेरीको पनीर, बटर, फ्रेस मिल्क, दही र लस्सी बजारमा

Advertisement

काठमाडौँ । स्थापनाको २५ वर्ष पुगेको अवसरमा सीताराम गोकुल मिल्क्स प्रालि काठमाडौँले बिभिन्न उत्पादनहरु बजारमा ल्याएको छ ।

आधुनिक प्रबिधि सँगसँगै सीताराम गोकुल मिल्कस्ले आम नेपालीको भान्सामा आवश्यक पर्ने सितारम दूध, सितारम घिउ, पनीर बटर,र चिनी सहित र चिनी रहितको दही , सितारमा फ्रेश मिल्क तथा लस्सी बजारमा ल्याएको हो । एउटा दुग्ध उत्पादक डेरीको उत्पादन अब एउटै बास्केटमा आएको सीताराम डेरीका प्रबन्ध निर्देशक सुमित केडियाले बताए । 

Advertisement

सीताराम गोकुल मिल्कस् प्रालि २०५२ सालमा कीर्तिपुरको दूधपोखरीमा स्थापना भई सञ्चालन हुँदैआएको छ । उक्त उद्योगले नवलपरासी, रुपन्देही, चितवन र काभ्रेपलाञ्चोक जिल्लामा २२ वटा दूध चिस्यान केन्द्र स्थापना गरेर जिल्लाका १५० दूध उत्पादक सहकारी संस्थाका साथसाथै लगभग २० निजी दूध व्यवसायीमार्फत नियमित दूध सङ्कलन गरिरहेको जनाएको छ।

यो उद्योग निजी क्षेत्रको सबैभन्दा ठूलो दुध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने डेरी हो । केडिया अर्गनाइजेशनको भागिनी संस्थाको रुपमा स्थापना भएको सीताराम गोकुल मिल्कस् प्रालिले डेरी उद्योग सञ्चालन गरेको हो । 

सीतारामको उत्पादन दही, पनीर, बटर, फ्रेश मिल्क तथा लसी रहेका छन् । दही आधा तथा एक लिटर चिनी रहित र चिनी सहितको एवम् लस्सी समेत एक तथा आधा लिटरमा उपलब्ध छ । पनीर २०० ग्रामदेखि १ केजीसम्म तथा बटर पनि सोही वजनमा उपलब्ध रहेको छ । यसको साथसाथै सीताराम घयु १ तथा आभा लिटरमा एवम् सिताराम फ्रेश मिल्क २०० एमएलको बोत्तलमा बजारमा बिक्री भइरहेको छ ।  

Advertisement

Advertisement