नबिल बैंकले साउन १० गतेदेखि वार्षिक ८ प्रतिशत ब्याजदरमा ३ अर्बको ऋणपत्र बिक्री गर्ने

Advertisement

काठमाडौं । नबिल बैंकले साउन १० गतेदेखि ३ अर्ब रुपियाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपियाँ दरमा कुल ३० लाख इकाई ऋणपत्र निष्कासन गर्न लागेको हो । यसमध्ये १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन मिल्ने बैैंकले जनाएको छ  । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 

यस ऋणपत्रमा वार्षिक ८ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको  ‘८ प्रतिशत नबिल बैंक डिबेन्चर २०८५’ ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । यो ऋणपत्रमा साउन १३ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै ऋणपत्र बिक्री नभएमा साउन २४ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ ।

Advertisement

बैंकको ऋणपत्रलाई इक्रा नेपालले ‘इस्युअर रेटिङ डबल ए माइनस’ प्रदान गरेको छ । जसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा नबिल उच्च मात्रामा सुरक्षित रहेको जनाउँछ । लगानीकर्ताले आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट ऋणपत्रमा आवेदन गर्न सक्नेछन् । यस्तै, मेरो सेयरमार्फत अनलाइन आवेदन पनि दिन सकिन्छ ।  

Advertisement

Advertisement