सामाजिक सुरक्षा कोष बिरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको बिरोध प्रदर्शन

Advertisement

काठमाडौँ । सामाजिक सुरक्षा कोषको बिरुद्धमा आज पनि विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले राजधानीमा बिरोध प्रदर्शन गरेका छन् । 

नबिल, सिद्धार्थ, नेपाल बंगलादेश, बैंक अफ काठमाण्डू लगायतका उपत्यकाका अधिकांश बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले ‘ब्याक अफ एसएसएफ’ लेखिएको प्लेकार्ड बोकेका थिए । आजको प्रदर्शनमा उल्लेख्य मात्रामा कर्मचारीहरुको सहभागिता थियो । 

Advertisement

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले कोषले आफूहरुले खाईपाई आएको सुबिधा घट्ने गरी आबद्ध हुने जबरजस्ती गरेको भन्दै आन्दोलन गर्दै आएका छन् । कर्मचारीहरुले कोषको बिरुद्ध गर्दै आफू कार्यरत बैंक तथा वित्तीय संस्थामा मागहरु लेखिएका कालो ब्यानर प्रर्दशन गर्दै आएका छन् । 

कोषमा यथास्थितिमा आबद्ध हुन नसकिने नबिल बैंक कर्मचारी युनियनका अध्यक्ष सबिन भट्टराईले बताए । 


 

Advertisement

Advertisement