वाणिज्य बैंकहरूको बार्षिक आठ खर्बको व्यापार, निक्षेप र कर्जा कस्को कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । सञ्चालनमा रहेका विभिन्न २७ वटा वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०७७/७८ मा २८ दशमलव १४ प्रतिशतले व्यापार बढाएका छन् । बैंकहरूले गत आवको साउनदेखि असारसम्मको एक वर्षमा आठ खर्ब १५ अर्ब ४४ करोड रुपियाँले कर्जाको व्यापार बढाएका छन् ।

यो समयमा ती बैंकहरूको कर्जा व्यापार निक्षेपको तुलनामा ७.६६ प्रतिशतले बढेको देखिएको छ । यो अवधिसम्ममा निक्षेपको व्यापार भने २० दशमलव ४७ प्रतिशतले मात्रै बढेको पनि तथ्यांकले देखाएको छ । वाणिज्य बैंकहरूले असार मसान्तसम्ममा गरेको निक्षेप संकलन सात खर्ब ११ अर्ब ४१ करोड रुपियाँ रहेको छ ।

Advertisement

गत एक वर्षमा वाणिज्य बैंकहरूमध्ये २५ वटाको व्यापार बढेको भएपनि दुईवटा बैैंक नेपाल एसबीआई र स्ट्याण्डर्ड चार्टर्डको मात्रै निक्षेप संकलन र कर्जा प्रवाह दुबै घटेको छ । नेपाल एसबीआई बैंकको निक्षेप ४ अर्ब १८ करोड रुपियाँले र स्ट्याण्डर्ड चार्टर्ड बैंकको निक्षेप एक वर्षमा दुई अर्ब ९२ करोड रुपियाँले घटेको पनि तथ्यांकले देखाएको छ ।

यस्तो तथ्यांक अनुसार एसबीआई बैंकको असारको निक्षेप मात्रै २ अर्ब ५१ करोडले घटेको पनि देखिएको छ । स्ट्याण्डर्ड चार्टर्डले भने असारमा ८ अर्ब ३० करोड रुपियाँ संकलन गरेको पनि तथ्यांकले देखाएको छ ।

बैंकहरूको वार्षिक व्यापारः निक्षेपभन्दा कर्जा बढी, मौद्रिक नीतिले नियन्त्रण गर्न सक्ने

Advertisement

Advertisement