महालक्ष्मी विकास बैंकको नाफा ७१ प्रतिशत बढ्याे, यस्ताे छ वितरण याेग्य नाफा

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ७१ प्रतिशत बढेको छ ।

गत असार मसान्तसम्ममा बैंकले ७३ करोड २९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकको यस्तो नाफा ७१.०२ प्रतिशत बढेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ४२ करोड ८५ लाख ६५ हजार रुपियाँ थियो ।

Advertisement

त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी समीक्षा अवधिमा १.५० प्रतिशत मात्र बढेर १ अर्ब ५७ करोड ७३ लाख २७ हजार रुपियाँ पुर्याउन सफल भएको छ । अघिल्लो वर्षमा १ अर्ब ५४ करोड ४१ लाख ६६ हजार रुपियाँ थियो । बैंकले समीक्षा अवधिसम्म सञ्चालन मुनाफा ६७.७९ प्रतिशत बढेर १ अर्ब २ करोड ३४ लाख ५४ हजार रुपियाँ पुर्याउन सफल भएको छ ।

अघिल्लो वर्षमा समीक्षा अवधिसम्म यस्तो नाफा ६० करोड ९९ लाख ९६ हजार रुपियाँ थियो । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८.८० प्रतिशत बढेर ३ अर्ब ३४ करोड २४ लाख २ हजार रुपियाँ पुगेको छ भने जगेडा कोष २६.१३ प्रतिशत बढेर १ अर्ब ५९ करोड ६५ लाख २ करोड रुपियाँ छ ।

त्यस्तै बैंकको निक्षेप संकलन गत १ वर्षमा ४.४१ प्रतिशतले बढेर ३८ अर्ब ६० कराेड ९२ लाख ४९ हजार रुपियाँ छ । यता कर्जा २.२७ प्रतिशत बढेर ३० अर्ब १० करोड ६३ लाख ७४ हजार रुपियाँ छ । बैंकको खुद नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ७ रुपियाँ ९८ पैसा बढेर २१ रुपियाँ ९३ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपियाँ ७५ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.८ प्रतिशतबाट बढेर ३.३२ प्रतिशत पुगेको छ ।

Advertisement

Advertisement