‘युरो कप विथ फोनलोन क्याम्पेन’ मा लक्ष्मी बैंकका ग्राहकले जिते सामसङको स्मार्ट टिभी

Advertisement

काठमाडौँ । फोनलोनले आफ्नो ३ हप्ता लामो ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता घोषणा गरेको छ । यस क्याम्पेनका विजेता लक्ष्मी बैंकका ग्राहक अशोककुमार खती भएका छन् । उनले  सामसङको ५५ इन्चको स्मार्ट टिभी जितेका हुन् ।

सो क्याम्पेन असार १ गते देखी २३ गते सम्म चलेको थियो । यसमा फोनलोन सन्जालका ५ बैंक (लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंक)का फोनलोनका प्रयोगकर्ताहरु सहभागी हुन सक्ने थिए । क्याम्पेनमा सहभागी हुनका लागी योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो । 

Advertisement

विजेता छनौट भने फोनलोनको ‘वीनर सेलेक्सन सफ्टवेर’ द्वारा गरिएको थियो । क्याम्पेन मार्फत फोनलोनले ग्राहकहरु माझ कागजरहित, धितोरहित स्मार्ट लोन सुविधा बारे जानकार गराएको छ ।
 

Advertisement

Advertisement