बाणिज्य बैंकका अध्यक्षहरूको अर्थमन्त्रीसँग गुनासो– ब्रोकर लाइसेन्स दिन्छु भनेर दिइएन

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले बैंक तथा वित्तीय संस्थाको सहायक कम्पनीलाई चाँडै ब्रोकर लाइसेन्स दिन माग राखेका छन् । बाणिज्य बैंकका अध्यक्षहरूको यस संस्थाले मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने माग गरेका हुन् ।  

सीबीफीनको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली बैंकिङ क्षेत्र दक्षिण एसियामै उत्कृष्ट रहेको, पूँजीगत आधार एवं संस्थागत सुशासन मजबुत रहेको र मुलुकभर सञ्जाल रहेको छ । देशैभरी छरिएर रहेका बैंकहरुको शाखा कार्यालयमार्फत बैंकका सहायक कम्पनीहरुले ग्रामीण इलाका एवं दुरदराजमा समेत पुँजीबजार विस्तार गर्न सक्ने र वित्तीय पहुँच अभिवृद्धिमा योगदान गर्नेसक्ने प्रशस्तै संभावना छ । तसर्थ,, लगानीकर्ताको लगानी सुरक्षित गर्न, पुँजीबजारको विकास एवं विस्तार गर्न र वित्त बजारलाई अझ पारदर्शीरुपले संचालन गर्न समेत सहयोग पुग्ने हुँदा बैंकका सहायक कम्पनीलाई समेत ब्रोकर लाइसेन्स दिने व्यवस्था यथासंभव छिटो गरिनुपर्दछ ।’

Advertisement

लामो समयदेखि बैंकलाई ब्रोकर लाइसेन्स दिने भनिए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन् । नेपाल राष्ट्र बैंकले बैंकका सहायक कम्पनीमार्फत लाइसेन्स खुला गर्न सहमति दिइसकेको छ । तर, नेपाल धितोपत्र बोर्डले यो कामलाई आलटाल गरेको कारण बैंकले ब्रोकर लाईसेन्स पाउने प्रक्रिया अगाडि नबढेको जानकारहरु बताउँछन् । 

Advertisement

Advertisement