देउवाले सीतालाई भेटेको तस्वीर भाइरल भएपछि जनताको प्रश्न– गंगामायालाई चाहीं भेट्नु पर्दैन् ?

Advertisement

काठमाडौं । प्रधानमन्त्री एवं शेरबहादुर देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई भेटेर नमस्कार गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । लामो समयदेखि बिरामी रहेकी सीताको उपचारमा सुधार आउन नसकेपछि अहिले निवासमै रहेकी छन् । 

उक्त तस्वीर भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बर्षौंदेखि न्यायका लागि अनशनमा रहेकी गंगामाया अधिकारीलाई नभेटेकोमा देउवालाई प्रश्न गरेका छन् । उनीहरू सीतालाई भेट्दा गंगामायालाई चाहीं भेट्नु पर्दैन् ? भन्दै देउवाको आलोचना पनि गरेका छन् । 

Advertisement

आफ्नो निर्दोष छोरालाई माओवादी द्धन्द्ध कालमा हत्या गरिएपछि अधिकारी दम्पत्ति न्याय माग्दै आमरण अनशन सुरु गरेका थिए । अनशनकै क्रममा गंगामायाले आफ्ना पति नन्दप्रसाद अधिकारीको मृत्यु भएको थियो । आफ्नो छोराको हत्यारालाई कारवाही नभएसम्म आफ्नो पतिको अन्त्यति  नगर्ने भनेर गंगामायाले अडान लिएपछि नन्दप्रसादको शब अझै त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । 

अधिकारी दम्पत्तिका छोरा कृष्णप्रसादलाई सुराकी गरेको आरोपमा २४ जेठ २०६१ मा चितवनको बकुलहरमा माओवादीले हत्या गरेको थियो । उक्त हत्यामा माओवादीका तत्कालिन नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसमेतविरुद्ध अधिकारी दम्पत्तिले किटानी जाहेरी दिए पनि अहिलेसम्म दोषी पत्ता लगाउने र निजलाई कारवाही गर्ने काम राज्यबाट हुन् सकेको छैन् । 

Advertisement

Advertisement