मैलुङ खोलाको आईपीओ साउन १४ गतेदेखि, ६८ हजारले मात्रै पाउने

Advertisement

काठमाडौँ । मैलुङ खोला जलविद्युत कम्पनीको ७ करोड ३६ लाख रुपियाँ बराबरको साधारण शेयर(आईपीओ) साउन १४ गतेदेखि निष्काशन खुला हुने भएको छ । 

आइपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिने छ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने साउन २८ गतेसम्म खुला रहनेछ । न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन पाइने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।   

Advertisement

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीले प्रतिकित्ता एक सय रुपियाँ अंकित दरको ७ करोड ३६ लाख २८ हजार ६०० रुपियाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ बिक्री गर्न लागेको हो । 

उक्त कूल निष्काशन मध्ये ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई र २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

सर्वसाधारणका लागि छुट्याइएको शेयर ६८ हजार ४ सय ६८ जनाले १०-१० कित्ता र ६ जनाले ११-११ कित्ताका दरले पाउने छन् । पछिल्लो समय खुलेका आईपीओमा २० लाख जना भन्दा बढीको आवेदन पर्ने भएकाले उक्त कम्पनीको आईपीआमा २० कित्ता भन्दा बढी आवेदन नदिनु उपयुक्त हुन्छ ।

नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट असार २३ गते आईपीओ निष्काशनको अनुमति पाएको हो । मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्न २०७४ माघ १८ गते बोर्डमा आईपीओ जारी गर्न अनुमति माग्दै निवेदन दर्ता गराएको थियो भने लामो समयसम्म अनुमति पाउन सकेको थिएन ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपि ग्रेड ५’ दिएको छ । यो खराब रेटिङ हो । उक्त कम्पनीले २०७४ बैशाखमा नै स्थानीय बासिन्दाको लागि ३ लाख ६८ हजार १ सय ४३ कित्ता शेयर बिक्री गरेको थियो । कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपियाँ रहेको छ । ६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको कम्पनीको आयोजना रसुवा जिल्लाको डाँडागाउँमा छ ।

मैलुङ खोला जलविद्युतले ७ करोड ३६ लाखको आईपीओ निष्काशन गर्ने, सेबोनबाट पायो अनुमति

Advertisement

Advertisement