सूर्या लाइफको ‘सूर्या चौरासी पूजा’ बीमा क्षेत्रका लागि नौलो योजना, पेन्सन पाइने

Advertisement

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बीमा बजारमा नौलो प्रोडक्ट ‘सूर्या चौरासी पूजा’ बीमा योजना सञ्चालन गरिरहेको छ । कम्पनीले यो बीमा योजना एक मात्र मौलिक जीवन बीमा योजना भएको बताएको छ । 

यस बीमा योजनाले बीमितको उमेर ८४ वर्ष पुग्दासम्म रक्षावरण गर्छ । ‘सूर्या चौरासी पूजा’ बीमा योजनामा बीमांकको २५० प्रतिशसम्म बीमा कभर हुने व्यवस्था छ । यस बीमा योजनाअन्तर्गत बीमितले बीमाशुल्क भुक्तानी अवधिपछि एकमुष्ठ आर्जित बोनस पाउने गर्छन् । सो सुविधा नै ‘सूर्या चौरासी पूजा’को मुल विशेषता भएको कम्पनीको भनाई छ ।

Advertisement

त्यस्तै, बीमितको उमेर ८२ वर्षसम्म बीमांकको ६ प्रतिशतका दरले वार्षिक पेन्सन प्रदान हुने व्यवस्था पनि कम्पनीले ल्याएको छ । अहिले बीमा बजारमा नयाँ–नौला किसिमका प्रोडक्टको खोजी भएको अवस्था छ भन्दै कम्पनीले बीमा समितिले पनि नयाँ किसिमका प्रोडक्ट ल्याउन सकेमा मात्रै त्यसले बीमामा आकर्षण बढाउन मद्दत गर्ने बताएकोले यो प्रोडक्ट ल्याएको जनाएको छ । 

साथै, अन्त्यमा बीमितको उमेर ८३ वर्ष एक महिना हुँदा बीमितलाई बीमांकको १५० प्रतिशत रकम बीमा बापतको अन्तिम भुक्तानी प्राप्त हुने व्यवस्था यस पोलिसिमा छ । 

उदाहरणको लागी बीमितको उमेर ३० वर्षको हुँदा १० लाख बीमाङ्ककको १० वर्ष बीमा अवधिको यो योजना लिएको छ भने बीमित ४० वर्षको हुँदासम्म बीमाङ्कको २५० प्रतिशत अर्थात २५ लाख सम्मको रक्षावरण हुन्छ र ४० वर्षको हुँदा सम्पूर्ण बोनस भुक्तानी हुन्छ । 

त्यस पश्चात ४१ देखि ८२ वर्षसम्म ६ प्रतिशतको दरले रु ६० हजार रुपियाँ वार्षिक पेन्सन प्लान अनुसार पाइने व्यवस्था छ । र अन्तमा बीमितको उमेर ८३ वर्ष १ महिना पुग्दा बीमाङ्कको १५० प्रतिशत अर्थात १५ लाख एकमुष्ट भुक्तानी गर्दछ । 

शताब्दी पुरुषबाट सुरूवात 
कम्पनीले दीर्घ जीवन, समृद्ध भविष्य भन्ने नारामा आधारित रहेर यो पोलिसि ल्याएको थियो । पोलिसिको सुरुवात शताब्दी पुरूष सत्यमोहन जोशीले गरेका थिए । बीमितको उमेर ८४ वर्षसम्म पुग्दा रक्षावरण गरिने यो योजनामा बीमाशुल्क भुक्तानी अवधि पश्चात एकमुष्ठ आर्जित बोनस दिँदै बीमितको उमेर ८३ वर्ष नपुग्दासम्म बीमांकको ६ प्रतिशतका दरले वार्षिक पेन्सन समेत दिने व्यवस्था छ ।

कम्पनीले गत फागुन ७ गते सुरू गरेको ‘सूर्या चौरासी पूजा’ योजना अहिले लोकप्रिय बन्दै गएको छ । कम्पनीले सो बीमा योजनामा अन्य योजनामा भन्दा धेरै सहभागिता रहेको जनाएको छ ।

के भन्छन् सीईओ ? 
यो बीमा आफू जीवित हुँदा नै पाईने बीमा योजना हो । यसले आफ्नो अवकाश प्राप्त जीवनमा पेन्सन दिएर हाँसी खुशी बस्न सघाउँछ । आफू रहँदा र नरहँदा चौरासी पूजा बीमाले दुवै अवस्थामा सघाउँछ ।

अवकाश प्राप्त जीवनलाई पनि यसले आर्थिक रूपमा सबल र सक्षम बनाउन मद्दत गर्छ । हालसम्म अन्य कम्पनीमा सञ्चालनमा नरहेको यस किसिमको योजना सूर्या लाइफले सुरु गरेको हो । 

Advertisement

Advertisement