माग बढेपछि ‘बज्र माक्स’को उत्पादन बढाइयो, ९९.५९ प्रतिशत सुरक्षाको सुनिश्चितता

Advertisement

काठमाडौं । बज्र हेल्थ एण्ड केयर प्रालिले उत्पादन गरेको ‘बज्र मास्क’ बजारमा लोकप्रिय हुँदै गएको छ । बज्र ग्रुपअन्तर्गतको यस कम्पनीले ललितपुरको ढिलाहिटीमा उत्पादन गर्ने गरेको यो मास्क ९९.५९ प्रतिशत सुरक्षित रहेको कम्पनीले जनाएको छ । 

माग बढेपछि कम्पनीले उत्पादन बढाएर दैनिक एक लाख ७५ हजार पुर्याएको छ । करिव पाँच महिना अघिदेखि मात्रै उत्पादन सुरु गरिएको ‘बज्र मास्क’ अरुभन्दा गुणस्तरीय रहेकाले माग बढाइको कम्पनीको भनाई छ । 

Advertisement

एउटा म्यानुल मेशिनको पूर्ण उत्पादन क्षमता ७५ हजार थान भए पनि अहिले दैनिक ५० देखि ६० हजार थान सर्जिकल मास्क उत्पादन हुँदै आएको छ भने अर्को नयाँ अटोमेटिक मेशिन जडानपछि उत्पादन क्षमता एक लाख पुगेको कम्पनीले जानकारी दिएको छ । 

देवै मेशिनबाट गरेर दैनिक एक लाख ७५ हजार थान मास्क उत्पादन गर्ने योजना बज्र ग्रुपले बनाएको छ । कोरोनाको दोस्रो लहरपछि सर्जिकल माक्सको माग विशेषगरी तराई क्षेत्रमा निकै बढेर गएको छ । 

‘थ्री प्लाई’ (तीन धार)को सुरक्षाको ‘बज्र मास्क’को बीचको धारमा मेल्ट ब्राउनको प्रयोग गरिएको, जसको प्रयोगले किटाणु तथा भाइरसबाट अत्यधिक सुरक्षा दिने कम्पनीको भनाई छ । यो लगाउन पनि सहज र सास फेर्न पनि सहज हुने खालको माक्स हो । यो माक्स धेरै समयसम्म अरुभन्दा लामो समयसम्म लगाउन सकिन्छ । साथै, यसबाट किटाणु र भाइरसबाहेक धुलो, प्रदुषणबाट पनि सुरक्षा पाउन सकिन्छ । 

Advertisement

Advertisement