नेपाल चेम्बरको सुनचाँदी रत्न आभूषण खानी तथा भूगर्भ समिति बिस्तार

Advertisement

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कार्य समिति सदस्य रमेश महर्जनको सभापतित्वमा गठित सुनचाँदी रत्न आभूषण खानी तथा भूगर्भ समितिका पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरेका छन् ।

उक्त समितिको उपसभापतिमा क्रमशः दियेशरत्न शाक्य, सुमनमान ताम्राकार तथा सदस्यहरुमा केशर सेन्चुरी, विशन शाक्य, विद्यासागर ताम्राकार, किशोर पाण्डे, सूर्यकुमार वराल, अर्जुन विश्वकर्मा मनोनित भएका छन् । 

Advertisement

नव मनोनित पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्दै चेम्बर अध्यक्ष मल्लले यस समितिमा सुनचाँदी रत्न आभूषण खानी तथा भूगर्भ क्षेत्रमा लामो अनुभव हाशिल गर्नु भएका महानुभावहरुको प्रतिनिधित्व भएकोले चेम्बरको सुनचाँदी रत्न आभूषण खानी तथा भूगर्भ क्षेत्रको प्रवद्र्धनको लागि तय गरिने नीति तथा पैरवीको लागि उल्लेखनिय भूमिका निर्वाह गर्नु हुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गरे । 

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालको पनि उपस्थिति थियो ।
 

Advertisement

Advertisement