कोरोना प्रभावित उद्योग व्यवसाय बचाउन सरकारले राहत प्याकेज ल्याउँछः प्रधानमन्त्री

Advertisement

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना प्रभावित उद्योग व्यवसाय बचाउन सरकारले राहत प्याकेज ल्याउने बताएका छन् । नेपाल उद्योग परिसंघ(सीएनआई)को आज सम्पन्न १८औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् । 

कोरोना महामारीलाई परास्त गर्न सरकार, निजी क्षेत्र लगागत सबै एकजुट हुनुपर्ने भन्दै प्रधानमन्त्री देउवाले भने–‘निःशुल्क खोप दिन सरकारले सबै प्रयास गर्नेछ ।’ ‘हामी अहिले कोभिडका पुराना असरबाट उठ्ने प्रयत्नमा छौं । तर नयाँ भेरियन्टको चर्चाले डर बढेको छ ।’–उनको भनाई थियो । 

Advertisement

सोही साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले पनि कोरोना महामारीबाट प्रभावित अर्थतन्त्र उकास्न सरकारले कोरोना खोपसँगै राहतको प्याकेज ल्याउने उल्लेख गरे । कोरोना महामारीका कारण मुलुक आर्थिक रुपले चुनौतीपूर्ण अवस्थामा रहेको भए पनि यसले नयाँ सम्भावनाको बाटो समेत देखाएको उनले बताए । स्वदेशी उत्पादन बढाउन उद्योग परिसंघले शुरु गरेको ‘मेक इन नेपाल स्वदेशी’ अभियानले छिट्टै नतिजा दिनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।

सीएनआईका पूर्वअध्यक्ष, तथा नेपाली कांग्रेसका सांसद विनोद चौधारीले देउवा नेतृत्वको सरकारले प्रत्येक नेपालीलाई खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएकोमा खुशी व्यक्त गर्दै कोरोनाले खस्किएको अर्थतन्त्र गतिशील बनाउन पहल गर्नेमा आफू विश्वस्त रहेको बताए । 

उक्त साधारण सभामा परिसंघका अध्यक्ष सतिशकुमार मोरले देशको अर्थतन्त्र माथि उठाउनका लागि ‘मेक इन नेपाल अभियान–स्वदेशी’ शुरू गरेको उल्लेख गरे । 

  

Advertisement

Advertisement