महामारीपछि चिनिएको ब्यालेन्स ग्रुप, प्राथमिकतामा इ-कमर्शदेखि अर्गानिक उत्पादनसम्म

Advertisement

काठमाडौं । कोरोना महामारी सुरु हुनु अगाडि स्थापना भएको ब्यालेन्स ग्रुप अफ कम्पनी महामारीले नै परिचित कम्पनी हुँदै जान थालेको छ । २०७५ सालमा ३ जना युवाले सुरु गरेको यो व्यवसायिक कम्पनीले महामारीपछि थपेको इ-कमर्श अर्डर नाउ र जनता कृषिबाट थप उचाईमा जान थालेको छ ।

युवा उद्यमी मनोज पन्थीसँगै कलाकार राजन सिंखडा, परिवेश पौडेल, प्रज्वल पौडेलसहितका व्यक्तिले सञ्चालन गरेको यो कम्पनीले ब्यालेन्स कर्पोरेट सोलुसन, ब्यालेन्स इन्टरप्रेनरसीप डेभलपमेन्ट सेन्टर र ब्यालेन्स फाउन्डेसन गरी तीन वटा सेक्टरमा काम गर्न थालेको हो ।

Advertisement

यो कम्पनीको अध्यक्ष तथा संस्थापक भने मनोज पन्थी हुन् । अमेरिकाको सुविधा सम्पन्न रोजगारी छोडेर नेपालमै उद्यमशीलता विकास गर्न लागेको पन्थीलाई पर्यटन व्यवसायी, विदेशमा रहेका नेपाली, नेपालमा व्यवासयीसहित अन्य १३ जनाले साथ दिइरहेका छन् ।

महामारीपछि जन्मिएको इ–कमर्श र जनता कृषिले चिनाएको कम्पनी
कम्पनी सुरु गरेको दुई वर्ष भइसकेको भएपनि यसले पछिल्लो समय दिन थालेको सेवा र सुविधाले कम्पनीलाई विस्तारै ब्राण्डिङ बनाउन थालेको ब्यालेन्स ग्रुप अफ कम्पनीका प्रमुख सञ्चालन अधिकृत/ एक संस्थापक तथा अधिवक्ता प्रज्वल पौडेलले बताए । उनले भने ‘यो कम्पनीले ब्यालेन्स मिडिया, अर्डर नाउ नामको इ-कमर्श, ब्यालेन्स इम्पोर्ट एण्ड एक्सपोर्ट, ब्यालेन्स एग्रो, ब्यालेन्स टुरिजम एण्ड हस्पिटालिटि र जनता कृषिमा सेवा विस्तार गर्दै जाने भएको छ ।

यो कम्पनीले महामारीपछि इ–कमर्श र जनता कृषिको सेवा थप गरेको छ । यही ब्राण्डले यो कम्पनीलाई चिनाउन थप सहयोग पुर्याएको छ । अहिले यसको अर्डर नाउ नामको इ-कमर्श अनलाइन सपिङमा नयाँ ब्राण्ड बन्दै गएको पनि छ । हाल अर्डर नाउमा पाँच हजार भन्दा बढी उत्पादन रहेको भने भने ५० भन्दा बढी नेपाली उद्यमी जोडिइसकेका छन् ।

यो कम्पनीको विशेषता नै अर्गानिक नेपाली उत्पादनको प्रवद्र्धन गर्ने हो । यसले आधुनिक तरिकाबाट व्यवसाय विस्तार गर्नेदेखि अर्गानिक उत्पादनमा विशेष जोड दिइरहेको पनि पौडेलले कर्पोरेट नेपालसँगको कुराकानीमा बताए ।

यो कम्पनीले तीन वर्ष अगाडिदेखि ल्याएको अवधारणालाई विस्तारै मल्टि सेक्टरको बिजनेश ग्रूप बनाउने गरी कार्यान्वयन गर्दै गएको छ । नेपालमा व्यवासाय गरेका उद्यमी व्यवसायीलाई वित्तीय परामर्श दिने, कानूनी परामर्शदेखि कम्पनी स्थापना गर्न सहयोग गर्ने, आधुनिक प्राविधिको विकासको लागिआइटीको क्षेत्रमा काम गर्नेसहितको रणनीतिक व्यवस्थापनसम्मको काम पनि यही कम्पनीले गर्दै आएको छ ।

यो कम्पनीले हाल ३० जना कर्मचारीलाई रोजगारी दिइसकेको छ । आगामी १० वर्षमा यो कम्पनीले १० हजार जनालाई रोजगारी दिने रणनीति बनाएको छ । यसले सन् २०३० सम्ममा नेपालको आर्थिक तथा सामाजिक रुपान्तरणमा यसले महत्वपूर्ण योगदान गर्ने लक्ष्य पनि राखेको छ ।

ब्यालेन्स गु्रपभित्र ब्यालेन्स कर्पोरेट सोलुसन, ब्यालेन्स मिडिया, जनता कृषि, ब्यालेन्स ग्रुप इन्डष्ट्रि र एक्पोर्ट तथा इम्पोर्ट, आइटी सोलुसनसहितलाई यसले अगाडि बढाइरहेको छ ।

टुरिजम एण्ड हस्पिटालिटी अहिले महामारीले शिथिल भएपनि विस्तारै पूर्वाधार बनाउँदै जाने र पर्यटक आउने बेला सेवा दिन तयार हुने पनि यसका अर्का एक संस्थापक तथा पर्यटन व्यवसायी राजन सिंखडा बताउँछन्

सिंखडाका अनुसार कम्पनीलाई शसक्त बनाउन र आधुनिक व्यापार व्यवसायमा क्रियाशील हुन यो कम्पनीले सातवटै कम्पनीको जिम्मेवारी भने फरक फरक व्यक्तिलाई दिएको छ । सिंखडाले भने इ–कमर्श अर्डर नाउको अध्यक्षता गरिरहेका छन् ।

महामारी सुरु भएपछि समाज सेवा गर्ने उद्देश्यले सबैभन्दा सस्तो इ–कमर्श सुरु गरेको भएपनि बजारबाटै सामान लिएर पुर्याउनुपर्ने र बिक्रेताबाट लिएर दिँदा उद्देश्य अनुसार हुन नसकेकाले उक्त नामलाई अर्डर नाउबाट रिब्राण्डिङ गरिएको पनि सिंखडा बताउँछन् । यो कम्पनीले ‘गरे के हुन्न र’, ‘जय कर्म’ र ‘हिँडे पुगिन्छ’ भन्ने तीन मूल मन्त्रलाई पछ्याउँदै कम्पनीलाई प्रवद्र्धन गरिरहेको सिंखडाले बताए ।
 

Advertisement

Advertisement