एनआईसी एशिया २४औँ वर्षमाः सुरुवाती लगानी १३६ गुणा वृद्धि, सरकारलाई बुझायो पौने १६ अर्ब राजश्व

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंक स्थापनाको २४औँ वर्षमा प्रवेश गरेको छ ।  उक्त बैंक २४ वर्षसम्ममा आइपुग्दा देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको छ । 

३५६ शाखा, ७० विस्तारित काउण्टर, ८१ शाखा रहित बैंकिङ्ग सेवा तथा ४७१ एटिएम मार्फत आफ्ना २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवम् ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरु मार्फत ग्राहकहरू माझ गुणस्तरीय सेवा प्रवाह गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रोशनकुमार न्यौपानेले जनाएका छन् । 

Advertisement

सर्वसाधारण शेयरधनीको सुरुवाती एक कित्ता पब्लिक शेयरको मूल्य हाल रु १३ हजार ६ सय ६२ हुन पुगेको छ, जुन सुरुवाती लगानी रकमको करिब १ सय ३६ गुणाको वृद्धि हो । त्यसैगरी देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा गरी प्रत्यक्ष र अप्रत्यक्ष रु १५ अर्ब ७३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गर्न  सफल भएको भएको सीईओ न्यौपानेले आज विज्ञप्ति मार्फत उल्लेख गरेका छन् । 

कोरोना महामारीबीच पनि बैंक आव २०७७/७८ मा कर्जातर्फ ५२ प्रतिशत (रु ८९ अर्ब ४१ करोड) तथा निक्षेपतर्फ ४२ प्रतिशत (रु ८८ अर्ब ९६ करोड) वृद्धि गर्न सफल भएको छ ।  कर्जा तथा निक्षेप वृद्धिमा हामीले हासिल गरेको वार्षिक वृद्धि रकम नेपालको बैंकिङ्ग इतिहासकै ऐतिहासिक र सर्वाधिक धेरै हो । आव २०७७/७८ मा समग्र बैंकिङ्ग क्षेत्र तर्फको कर्जा तथा स्वदेशी निक्षेपको वार्षिक वृद्धि रकमको क्रमशः १२.६६ प्रतिशत तथा १३.५८ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएको विज्ञप्तिमा उल्लेख छ । 

‘आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रयमाससम्म आईपुग्दा वासलातको आकार, कर्जा प्रवाह, निक्षेप, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाल तथा एटिएमको संख्या लगायतका अधिकांश प्रमुख वित्तीय एवं गैर वित्तीय परिसूचकहरूमा देशकै सर्वोत्कृष्ट बैंक बन्न हामी सफल भएका छौं । साथै भविष्यमा अझ उन्नतस्तरको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न र सबैले गर्व गर्न सक्ने स्तरको सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै सबैको पहिलो रोजाइको बैंक बन्न मन, वचन र कर्मले सदा सर्वदा लागि पर्ने संकल्प गर्दछौं ।’–विज्ञप्तिमा भनिएको छ । 

२४औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले ग्राहकहरू माझ विद्युतीय भुक्तानीमा २४ प्रतिशतसम्मको क्यासब्याक योजना समेत ल्याएको छ । जस अन्तर्गत यस बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी पीओएस तथा ई–कमर्शमामा भुक्तानी गर्दा तथा मोबैंक मार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम रू. ५०० सम्म क्यासब्याक योजना प्राप्त गर्न सकिने छ । वार्षिक उत्सवको अवसरमा आज ७ गते कार्ड वा एनआईसी एशिया मोबैंकबाट कारोबार गर्ने पहिलो १,००० (एक हजार) ग्राहकहरूले यस सुविधा प्राप्त गर्न सक्नेछन् । 

Advertisement

Advertisement