मुक्तिनाथ विकास बैंकको १ अर्ब २५ करोड रुपियाँको ऋणपत्र आजदेखि बिक्री खुला

Advertisement

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आजदेखि १ अर्ब २५ करोड रुपियाँ बराबरको ऋणपत्र निष्काशन खुला गरेको छ ।

ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सकिने छ । ऋणपत्र खरिदका लागि छिटोमा साउन ११ गतेसम्म र ढिलोमा साउन २१ गतेसम्म आवेदन दिन सकिने छ ।

Advertisement

बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार प्रति इकाई एक हजार रुपियाँ अंकित दरका १२ लाख ५० हजार इकाईले हुन आउने १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४/८५’ निष्काशन गरेको हो । ७ वर्षे ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८.७५ प्रतिशत ब्याजदर पाउनेछन् ।

बिक्री प्रबन्धकका अनुसार कुल निष्काशनमध्ये ५ लाख कित्ता सर्वसाधारणको लागि र ७ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्न लागिएको हो । बैंकले १ अर्ब २५ करोड रुपियाँ बराबरको १२ लाख ५० हजार ऋणपत्र निष्काशन गर्न असार ८ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

Advertisement

Advertisement