रियलमीको वाच ‘एस’ नेपाली बजारमा, मूल्य कति ?

Advertisement

काठमाडौँ । विश्वमा तीव्र गतिमा आफ्नो बजार बिस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले नेपाली बजारमा रियलमी एआईओटी उत्पादन अन्तर्गत रियलमी वाच ‘एस’ भेरियन्टको घडी सार्वजनिक गरेको छ । यो रियलमीको गोलो स्क्रिनमा उपलब्ध हुने दोस्रो स्मार्ट घडी हो । 

३.३ सेमिको ठूलो रङ्गीन टचस्क्रिन प्रस्तुत गरी पाँच तहको अटो ब्राइटनेसलाई समर्थन गर्नेगरी यसको डिजाइन गरिएको छ । यसैगरी रियलमी  वाच ‘एस’ स्मार्टघडीले मुटुको वास्तविक गति मापन र शरीरमा अक्सिजनको स्तर मापन गर्न सक्दछ । साताका सातै दिन र चौबीसै घण्टा स्वास्थ्य सहायक ट्रेन्डसेटिङ्ग स्मार्ट घडीको रुपमा यसले आफ्नो उपस्थिति जनाएको छ । नेपाली बजारमा यसको मूल्य रु ९,९९९/- निर्धारण गरिएको छ ।

Advertisement

रियलमी  वाच ‘एस’ घडी ३.३ सेमिको फराकिलो टचस्क्रिन सहित रगिङ्न ३६० गुणा ३६० पिक्सल (२७८ पीपीआई) उच्च रिजोलुसनका साथ उपलब्ध छ जुन भरपर्दो हुनुका साथै जीवन्त दृश्य प्रदायक छ । यसको प्रतिक्रियाशील टचस्क्रिनका कारण झट्ट हेर्दा अरुलाई आकर्षण गरेर राख्न सक्ने खुबी यसमा छ । यसको  आयतन वर्ग डायल प्रदर्शन क्षेत्र १५७ प्रतिशतसम्म उच्च छ, जसले उपभोक्तालाई दृश्यको मामलामा थप मनमोहक तुल्याएको छ ।

रियलमी वाच ‘एस’ घडीले ५ तहको स्वचालित ब्राइटनेस स्क्रिनको समर्थन गर्दछ, उच्च स्तरमा ब्राइटनेस ६ सय निटसम्मको पहुँचमा हुन्छ, यसको मतलव के हो भने एकदमै उज्यालो हुने मध्यान्हको समयमा पनि स्पष्ट रुपमा घडी हेर्न सकिन्छ । १०० प्लस स्तैलिश वाच फेस अंतरगत रियलमीले प्रयोगकर्ता तथा प्रसिद्ध डिजाईनरसंगको सहकार्यमा रियलमी वाचएस को ट्रेडी डायलहरु डिजाईन गरिएको छ ।

रियलमीको यस घडीमा अन्य उच्चस्तरका प्रिमियम सामग्रीहरुको प्रयोग गरिएको छ । रियलमी वाच एसको बडी ६०६३ अलुमिनियम अलोयबाट बनेको छ, जसले गर्दा घडी बढी मजबूत र कम तौलको रहेको छ ।  यसको स्ट्राप (पेटी) उच्चस्तरको तरल सिलिकोनले बनेको छ । जुन टिकाउ, नरम र स्कीन– फ्रेन्ड्ली रहन्छ । कालो, निलो, हरियो र सुन्तला रंग मा यसको स्ट्रापहरु उपलब्ध छन् । २.५ डी कर्निङ गोरिल्ला ग्लास रहेको यो निर्बाध र अधिक सहज टच प्रदान गर्छ ।

स्वास्थ्य सहायकको रुपमा रियलमी वाच ‘एस’ स्मार्टघडी उच्च सटिक पिपिजी अप्टिकल हृदयदर सेन्सरद्वारा निर्मित छ जसले २४÷७ तपाईँको हृदयको गति मापन गरिरहेको हुन्छ । यसैगरी रियलमी वाच ‘एस’ स्मार्टघडीले मुटुको वास्तविक गति मापनका साथै शरीरमा अक्सिजनको स्तर मापन गर्न सक्दछ । तपाईँको हृदयको गतिदर उच्च वा न्यून भयो भने यसले सतर्क गराउँछ । यसले १६ स्पोर्टस मोड समर्थन गर्नेमा रक्त–अक्सिजन मूल्यांकन, सक्रियता क्षमता परीक्षण, शुद्ध दैनिक हिँडाइको पाइला संख्या गणना, आराम, पानी, निद्रा, मेडिटेसन अभ्यास लगायतको सूचना ठीक ढंगमा जानकारी लगायत दिने काम गर्छ । 

रियलमी वाच ‘एस’ घडीबाटै स्वचालित रुपमा तपाईँको फोन अनलक गर्न सकिन्छ, जुन छिटो र सुविधा सम्पन्न छ । मानिसहरुले आजकल मास्क लगाउनुपर्ने कारणले हालको समयको लागि यो सुविधासम्पन्न छ । संगीत सुन्न प¥यो अथवा फोनको क्यामेरा अन गर्न पर्यो भने रिमोर्ट कन्ट्रोलको रुपमा यसबाटै गर्न सकिन्छ भने यसैगरी घडीमै कसको फोन आएको हो भन्ने जानकारी पाउन सकिने भएकाले कल उठाउन र काट्न सकिने सुविधा यसले दिएको छ । 

महत्वपूर्ण कुरा के छ भने रियलमी एआईओटी रणनीतिक अंशको रुपमा कम्पनीले यसको निर्माण गरकोेले र यो कम्पनीको एआईओटीमा महत्वपूर्ण उत्पादन मध्ये एक हो । नयाँ ओटीए अपडेटका कारण यो घडीलाई अन्य बहु एआईओटी उपकरणसँग टाढैबाट लिंक गर्न सकिने भएकाले स्मार्टफोन नखोलेरै टाढैबाट अपरेट गर्न सकिन्छ । 

‘विश्वमा तीव्र रुपमा विस्तार हुदैु गएको एआईओटी ब्राण्ड’ लक्ष्य अनुसार २०२१ मा रियलमीले एआईओटी उत्पादन गरिरहेको छ, र त्यहीँ कारण हो कम्पनीले युएनआई स्मार्ट एआइओटी उत्पादनलाई रियलमीसँग लिंक गर्ने र ‘निजी प्रयोजन, घरायसी प्रयोजन र यात्राको प्रयोजनका रुपमा तपाईँले प्रयोग गरेकामध्ये ३ मा १ ट्रेन्डसेटरको उच्च ४ स्मार्ट हबको अनुभूति प्रदान गर्नेगरी कम्पनीले काम गरिरहेको छ ।

Advertisement

Advertisement