अश्लील चलचित्र बनाएको आरोपमा भारतीय अर्बपति  पक्राउ

Advertisement

काठमाडौं । अश्लील चलचित्र बनाएको आरोपमा भारतीय अर्बपति राज कुन्द्रा पक्राउ परेका छन् । चर्चिच नायिका शिल्पा सेट्टीको पति भएकाले समेत चर्चित रहँदै आएका व्यवसायी कुन्द्र ब्रिटिश नागरिक हुन् । 

कुन्द्र पक्राउ परेको समाचारले बलिउड फिल्म उद्योगमा खेलाबैला मच्चिएको छ । विश्वकै चर्चित र महंगो क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिगको एउटा टोलीका मालिकसमेत रहेका उनी अश्लील सामग्री उत्पादन गर्ने समूहको ुप्रमुख सदस्य रहेको खुलेको हो । 

Advertisement

इन्टरनेटमा राखिएका यौन भिडियोमा अश्लील दृश्य दिन केही महिलालाई बाध्य बनाएको आरोप कुन्द्रमाथि प्रहरीले लगाएको छ । तर उनले आफूले कुनै पनि गलत काम नगरेको दावी गर्दै आएका छन् । 

कुन्द्राका कानुनी सल्लाहकार आबाद पोन्दाले कुन्द्राको गिरफ्तारी गैरकानुनी भन्दै आरोपको खण्डन गर्दै आएका छन् । यस प्रकरणमा अहिलेसम्म नौ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा अश्लिल भिडियो उत्पादनमा संलग्न अभिनेता, उत्पादक र कम्पनीका कार्यकारी अधिकृत छन्।

भारतीय कानुनअनुसार अश्लिल र असभ्य सामग्री छाप्नु वा प्रसारण गर्नु गैरकानुनी हो । यस्तो गरेमा सात वर्षसम्मको जेल सजाय हुनसक्छ।

Advertisement

Advertisement