नेपाल क्रिकेट संघले आयोजना गर्ने सबै खेल डिशहोमको एक्सन स्पोर्टसले प्रशारण गर्ने

Advertisement

काठमाडौँ । नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्कबीच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रशारण गर्ने सम्झौता भएको छ । डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहबीच आज सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता अन्तर्गत संघले आयोजना गरेको पिएम कप तथा मेयरर्स कपका महिला/ पुरुष गरी ४ प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गरिसकेको छ । आगामी दिनमा पनि संघद्वारा आयोजना हुने सम्पूर्ण प्रतियोगिताहरु डिशहोमको एक्सन स्पोर्टस्मा प्रत्यक्ष प्रशारण हुनेछन् ।

Advertisement

क्यानका कोषाध्यक्ष सिंहले यस सम्झौतापछि क्रिकेट प्रेमी नेपाली दर्शकहरुले सजिलै नेपाली क्रिकेट प्रत्यक्ष हेर्न सक्ने र यसले क्रिकेटको लोकप्रियतालाई थप उचाईमा पुर्याउने बताए । 

 

Advertisement

Advertisement