Advertisement

काठमाडौं । मानिसहरुले आफूलाई स्वस्थ राख्न र सुन्दर देखाउन विभिन्न खाले सौन्दर्य सामग्री (कस्मेटिक प्रोडक्ट्स) प्रयोग गर्छन् । यसका लागि मानिसले करोडौं रुपियाँसमेत खर्च गर्ने गरेको पाईन्छ । तर बजारमा पाइने हरेक कस्मेटिक प्रोडक्ट कति प्रभावकारी छन् ? कति गुणस्तरीय छन् ? त्यसमा भने चासो र चिन्ता हुँदै आएको छ । 

विशेष गरेर महिलाहरुले आफ्नो स्किन स्वस्थ राख्न र आफूलाई सुन्दर देखाउन धेरैभन्दा धेरै कस्मेटिक सामानहरुको प्रयोग गरेको पाईन्छ । कुन कम्पनी वा ब्राण्डको कस्मेटिक प्रोडक्ट कस्तो छ ? भन्ने कुरा धेरैलाई थाहा हुँदैन् । जसले गर्दा उपभोक्ताहरू आर्थिक र स्वास्थ्यको हिसावले समेत ठगिनुपर्ने बाध्यता हुने गरेको देखिन्छ । 

Advertisement

तर उपभोक्तामा बढ्दै गएको जागरुपता, चासो र चिन्ताले गुणस्तरीय तथा ब्राण्डेड सामानको मात्रै प्रयोग र माग बढ्ने गरेको देखिन्छ । यो खालको प्रभाव सौन्दर्य सामग्रीहरूको बजारमा पनि देखिन्छ । महिलाहरूमा बढ्दै गएको सौन्दर्यताको रुचीसँगै आफ्नो स्वास्थ्य र छालामा असर नपर्ने स्वास्थ्य सामग्रीको प्रयोगमा पनि सचेत हुने गरेको देखिएको दि बडी शप नेपालकी प्रवन्ध निर्देशक डा. सरु अर्याल प्रधानको अनुभव छ । 

उच्चस्तरीय कस्मेटिक ब्राण्डमा नेपाली महिलाहरूको बढ्दो रुचीसँगै अन्तर्राष्ट्रिय कस्मेटिक ब्राण्ड ‘दि बडी शप’ नेपालमा भित्रिएको छ । यसको फ्रान्चाइज काठमाडौंको दरबारमार्गमा रहेको छ । विश्वका ९० भन्दा धेरै देशमा पुगिसकेको यो ब्राण्ड डा. प्रधानले केही समयअघि नेपालमा भित्राएकी हुन् । छोटो समयमा यो ब्राण्डका कस्मेटिक सामानहरू लोकप्रिय बनेको उनको अनुभव छ । 

बेलायतमा आधारित ‘द बडी शप’का कस्मेटिक सामान नेपाली बजारमा शशी इनकर्पोरेसन एण्ड इन्भेष्टमेन्ट प्रालिले बिक्री गर्दै आएको छ । कोरोना महामारीका कारण औपचारिक उदघाटन हुन बाँकी रहेको ‘दि बडी शप’ स्टोरको चाँडै उद्घाटन हुने डा. प्रधानले बताइन् । उनीसँग गरिएको कुराकानी माथि भिडियोमा हेर्नुहोस्ः 

Advertisement

Advertisement