सनराइज बैंकको शाखारहित बैंकिङ र एटिएम सेवा बिस्तार

Advertisement

काठमाडौँ । सनराइज बैंकले बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं.–२, बिसुनपुर्वा, बारामा शाखारहित बैंकिङ्ग सेवा र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं.६, बर्मेलीटोलमा स्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेक्वामा एटिएम सेवाको सुरुवात गरेको छ ।

शनिबार आयोजित छुट्टाछुट्टै कार्यक्रमका शाखारहित बैंकिङ्ग सेवा उद्घाटन कार्यक्रमको प्रमुख आतिथिमा बारा गढी गाउँपालिका वडा नं.–२ बिसुनपुर्वाका अध्यक्ष कृष्ण चौधरी, बैंक निजगढ शाखाका शाखा प्रबन्धक प्रद्युम्न आचार्यको सभा अध्यक्षता र इलाका प्रहरी कार्यालय बारागढी प्रमुख उमाशंकर गुप्ताको विशेष आतिथ्यता तथा बैंकका अन्य कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको थियो । 

Advertisement

साथै एटिएम सेवा उद्घाटन कार्यक्रम बैंकका लुम्बिनी प्रदेशका प्रदेश प्रमुखसुनिल मण्डलको प्रमुख आतिथ्यता, सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण, गणपति सशस्त्र प्रहरी उपरीक्षक धुब्रबहादुर कार्कीको अध्यक्षता र कपिलवस्तु नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष श्री राम दिनेश यादवको आतिथ्यतामा सम्पन्न भएको थियो । 

बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं.–७, चुहाडे, उदयपुरमा आफ्नो ७८औं शाखारहित बैंकिङ्ग सेवाको साउन २ गते शनिबार सुुरुवात गरेको थियो । हालसम्म सन््राइज बैंकले १३९ वटा शाखा, ७९ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 
 

Advertisement

Advertisement