चौथो त्रैमाससम्मको वित्तीय विवरण साउन मसान्तसम्म सार्वजनिक गर्न पाइने

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण साउन मसान्तसम्ममा सार्वजनिक गर्न पाउने भएका छन् ।

अहिले करिब १५ प्रतिशत कर्जा उठ्न बाँकी रहेको कारण देखाउँदै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई चौथो त्रैमासको वार्षिक वित्तीय प्रतिवेदन साउन मसान्तसम्म प्रकाशित गर्न समय थप गरेको हो । यसअघिको व्यवस्थाअनुसार साउन १५ गतेभित्र यस्तो प्रतिवेदन सार्वजनिक गर्नुपर्ने थियो । 

Advertisement

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले कोरोना महामारी र निषेधाज्ञाका कारण बैंक वित्तीय संस्थालाई परेको अप्ठ्यारोलाई मध्यनजर गर्दै समय बढाइएको बताए । केन्द्रिय बैंकले दिएको समयावधि सकिन ४ दिन मात्रै बाँकी रहँदा तीन वटा बैंक तथा वित्तीयले मात्रै वित्तीय विवरण सार्वजनिक गरेका छन् । 

Advertisement

Advertisement