धनगढी उडेको बुद्धको जहाजमा हाइड्रोलिक ब्रेकमा समस्या, काठमाडौंमै आकस्मिक अवतरण

Advertisement

काठमाडौं । बुद्ध एयरको काठमाडौंबाट धनगढी उडेको एटीआर ९एन एएमडी कल साइनेको ७२–५०० जहाजको हाइ«ोलिक ब्रेकमा समस्या आएको छ । उक्त जहाज अवतरण गर्न लामो दूरीको धावनमार्ग चाहिने भएकोले धनगढीको धावमार्गले नपुग्ने भएपनि काठमाडौं नै फिर्ता गरिएको त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले बताए ।

यो जहाज सोमबार साँझ काठमाडौंबाट धनगढी उडेको भएपनि चितवनको भरतपुर क्षेत्रमा पुगेपछि पुनः काठमाडौं नै फिर्ता भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमानस्थल स्रोतका अनुसार  जहाजको हाइड्रोलिकमा समस्या भएपछि विमानस्थलमा अग्नि नियन्त्रसहितको एम्बुलेन्सको टोली तयारी अवस्थामा राखेर जहाज अवतरण गरिएको थियो । उक्त जहाजको कुलशतापूर्वक अवतरण भएको विमानस्थलको भनाइ छ ।

Advertisement

विमानस्थलका महाप्रवन्धक तिवारीका अनुसार यस्तो हाइड्रोलिक ब्रेक बेला बेलामा समस्या आइरहने भएकोले त्यति ठूलो आकस्मिक अवतरणको हुने विषय भने होइन् । यस्तो अवस्थामा लामो धावनमार्ग भएको विमानस्थलमा अवतरण गर्न सम्बन्धित जहाजलाई सुझाव दिने गरिएको पनि तिवारीले बताए । सोही सुझाव अनुसार बुद्धले जहाज डाइभर्ट गरेर काठमाडौं नै ल्याएको पनि उनले बताए । 

काठमाडौंबाट नेपालगन्ज जाँदै गरेको अर्को एक एटीआर जहाजमा पनि करिब आधा दूरी पार गरेपछि एक जना यात्रु अचेत भएपछि जहाज काठमाडौं नै फकिएको थियो । उक्त जहाज साँझ ५ः२५ मा जानुपर्ने काठमाडौं फर्किएर फेरि जानुपर्ने भएकोले केही समय ढिलो भएको बुद्ध एयरले बताएको छ ।

बुद्ध एयरका अनुसार नेपालगन्ज जाने जहाजमा ७० जना यात्रु सवार थिए भने काठमाडौंबाट धनगढी जाने जहाजमा ६८ जना यात्रु थिए । दुबै जहाज काठमाडौं अवतरणपछि अर्को जहाजमा राखेर यात्रुलाई गन्तव्यतर्फ लगिसकिएको पनि  बुद्ध एयरले जानकारी दिएको छ ।  

Advertisement

Advertisement