निक्षेप भन्दा कर्जा एक खर्बले बढ्यो, नियन्त्रणको उपाय खोज्दै राष्ट्र बैंक
बैंक तथा वित्तीय संस्थाको लोगो अंकति फाइल फोटो

Advertisement

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाले निक्षेपको तुलनामा १५ प्रतिशत बढी कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले कर्पोरेट नेपाललाई उपलब्ध गराएको एक वर्षको कर्जा तथा निक्षेप अनुपातको उक्त तथ्यांक अनुसार निक्षेप भन्दा कर्जा प्रवाह एक खर्ब १९ अर्ब रुपियाँले बढेको देखिएको छ ।

तथ्यांक अनुसार बैैंक तथा वित्तीय संस्थाको गत आवको एक वर्षमा भएको व्यापार २७.२८ प्रतिशतले बढेको छ । बैैंकको कर्जा प्रवाहको तुलनामा निक्षेपको बृद्धिदर भने करिब आठ प्रतिशतले नै कम छ । बैैंकहरूले एक वर्षमा संकलन गरेको निक्षेप भने गत वर्षको तुलनामा १९.६७ प्रतिशतले मात्रै बढी हो । कर्जा तथा निक्षेपमा वाणिज्य बैंकहरूकै हिस्सा सबैभन्दा ठूलो हुने गरेको छ । 

Advertisement

बैंक तथा वित्तीय संस्थाहरूले असार मसान्तसम्ममा ४७ खर्ब ८ अर्ब रुपियाँ निक्षेप संकलन गरेर ४१ खर्ब ६६ अर्ब रुपियाँ कर्जा प्रवाह गरेको देखिएको छ । हालसम्मको तथ्यांक अनुसार समग्रमा बैैंकहरूको निक्षेपको तुलनामा कर्जा पाँच खर्ब ७५ अर्ब रुपियाँले बढी भएपनि पछिल्ला बर्षको तथ्यांकमा वार्षिक निक्षेपको तुलनमा कर्जा प्रवाह भने बढेको छ ।

गत आवको २०७६/७७ को तुलनामा आव २०७७/७८ को एक वर्षमा बैंकहरूले ३९ खर्ब ३४ अर्ब रुपियाँबाट ७ खर्ब ७४ अर्ब रुपियाँ मात्रै निक्षेप बढाएर ४७ खर्ब ८ अर्ब पुर्याएका छन् । सोही अवधिमा कर्जा प्रवाह भने ३२ खर्ब ७३ अर्बबाट ८ खर्ब ९३ अर्बले बढेर ४१ खर्ब ६६ अर्ब पुगेको देखिएको छ ।

‘कर्जा प्रवाह बाच्छित सीमाभित्र राख्न नियन्त्रणको उपाय अपनाउँछौं’
नेपाल राष्ट्र बैंकले भने निक्षेपको तुलनाका कर्जा प्रवाहको दर बढी हुन नहुने र बढी हुँदै जाँदा समस्या हुने भएकोले नियन्त्रणको उपाय अपनाउन सकिने बताएको छ । राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार निक्षेप भन्दा बढी कर्जा लगानी गर्न नसकिने भएकोले निक्षेपकै अनुपातमा कर्जा पनि प्रवाह हुनुपर्ने बताउँछन् । कर्जा मात्रै बढी गइरहेने र निक्षेप कम हुने हो भने त्यसले थप समस्या ल्याउन सक्ने भएकोले कर्जाको बृद्धिदरलाई स्वतन्त्र नछाड्ने पनि पोखरेल बताउँछन् ।

यसका लागि सोमबार जारी भएको बैंकहरूलाई जारी गरिएको एकीकृत निर्देशनले काम गर्न सक्छ भने आगामी मौद्रिक नीतिले पक्कै कडाई गर्ने पनि उनको भनाइ छ । कर्जा बढी प्रवाह हुन दिइरहदा यसले इन्फेक्सनको रेट बढाउँछ भने कर्जा मात्रै गएको गयै गनै निक्षेप भने कम हुने हुँदा समस्या हुन सक्ने भएकोले पनि मौद्रिक नीतिका उपकरणको प्रयोग हुनुपर्ने उनले बताए ।

बैंकको ब्याज घट्दा बजारमा पैसा बढी जाने हुन्छ यसले तरलतालाई संकुचन गर्छ । निक्षेप मात्रै बढी र कर्जा कम हुँदा पनि अधिक तरलता हुन्छ यसले गर्दा निक्षेप संकलन र कर्जा प्रवाह वान्छित सीमाभित्रै रहेर हुनेपर्ने र यसो नहुँदा राष्ट्र बैंकले मौद्रिक नीतिकै उपकरणबाट नियन्त्रण गर्ने पनि पोखरेलको भनाइ छ । 

सिस्टमा भित्रै कर्जा प्रवाह भएकोले कुनै असर गर्दैन्
बैंकर्स संघ नेपालका उपाध्याक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्याकारी अधिकृत (सीईओ) अनिल उपाध्यायले सिस्टमभित्रै रहेको कर्जा प्रवाहले कुनै असर नगर्ने बताए । उनले भने ‘गत वर्षको मौद्रिक नीतिले सहजता ल्याइदिएको र पुनरकर्जा प्रवाहमा बैंकको निक्षेप हैन् भने सिस्टममा आएको तरलताले कर्जा बढ्नुलाई सकारात्मक रूपमै लिनुपर्छ ।’

बैंकहरूले सीसीडी रेसियो ८५ प्रतिशत भित्रै राखेका छन् भने मार्जिन ल्याण्डिङमा गएको कर्जा पनि जम्मा दुई प्रतिशत मात्रै भएकोले तोकिएको सीमाभित्रै रहेर कर्जा प्रवाह भएको छ ।’ बैंकले भएको पैसा संचित गरेर राख्नुभन्दा तोकिएको मापदण्ड पूरा गर्दै लगानी गरेर नाफा कमाउनुलाई सकारात्मक रूपमै लिनुपर्ने बुझाइ पनि उपाध्यक्ष उपाध्यायको छ । 
 

Advertisement

Advertisement