रिलायबल नेपाल लाइफका सीईओ लोहनीको कार्यकाल थपियो, कम्पनीलाई उत्कृष्ट बनाउने लक्ष्य

Advertisement

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनीको कार्यकाल थपिएको छ । बीमा समितिले सीईओ लोहनीको कार्यकाल थप्न स्विकृती दिएको हो । 

केहीदिन अघि कम्पनीको सञ्चालक समितिले उनको नियुक्ती सम्बन्धि प्रस्ताव बीमा समितिमा पठाएको थियो । यही साउन तेस्रो साताबाट सकिने उनको कार्यकालले पुनः आगामी चारवर्षको लागि निरन्तरता पाएको हो ।

Advertisement

कार्यकाल थपिएपछि सीईओ लोहनीले कर्पोरेट नेपालसँग भने,‘कम्पनीलाई उत्कृष्ट बनाउँन लाग्नेछु, आवश्यक जिम्मेवारी पूरा गर्नेछु ।’  

Advertisement

Advertisement