‘चम्सुरी’ भन्छिन्– भो ! जनताको पैसा लिन्न, आर्थिक अवस्थाले भ्याएसम्म म आफै उपचार गर्छु

Advertisement

काठमाडौं । प्रधानमन्त्री भइसकेका एमाले नेता झलनाथ खनालले उपचारका नाममा राज्य कोषबाट मोटो रकम लिएको विषय सर्वत्र आलोचना भइरहेको बेला कलाकार ‘चम्सुरी’ (पल्पसा डंगोल)ले भने जनताको पैसा लिन अस्वीकार गरेकी छन् । दुवैको स्वास्थ्य समस्या समान खालको हो । 

मृगौला फेल भएर अहिले अस्पतालमा उपचार गराइरहेकी ‘चम्सुरी’ आफ्ना शुभचिन्तक र साथी भाईबाट सहयोग लिन अस्वीकार गरेकी छन् । आर्थिकरुपमा सम्पन्न हुँदाहुँदै पनि झलनाथले सर्वसाधारण जनताले तिरेको करको रकम लिन नहिच्किचाए पनि ‘चम्सुरी’ले भने उदाहरण प्रस्तुत गरेकी छन् । 

Advertisement

झलनाथको रुपचारका लागि सरकाले हालै ३० लाख रुपियाँ निकासा गरेको छ । उनी मृगौला उपचारका लागि इण्डियाको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा रहेका छन् । तर कठमाडौंकै त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी ‘चम्सुरी’ले भने धेरैको सहयोग अस्वीकार गरेकी छन् । उनी भन्छिन्, ‘मेरो आर्थिक अवस्थाले भ्याएसम्म आफै उपचार गर्छु । तपाईंहरूको सहयोग र सदभावको लागि धन्यवाद छ ।’

उनी मध्यम वर्गीय परिवारकी हुन् । तर उनले अरुको धनको उपचार गर्ने लोभ देखाइनन् । जबकी उमेरका हिसावले धेरै बाँच्ने अधिकार झलनाथलाई भन्दा ‘चम्सुरी’लाई छ । अर्कोतर्फ झलनाथका छोरा व्यवसायी हुनुका साथै झलनाथको आफ्नै करोडौं रुपियाँको सम्पत्ति छ । उनी डल्लुमा आलिशान महलमा बस्छन् । तर उनले जनताको पैसा लिन्न भनेर उदारता देखाउन सकेनन् । 

Advertisement

Advertisement