सुन प्रतितोला ३ सय रुपियाँ बढ्दा चाँदीको भने १५ रुपियाँ घट्यो

Advertisement

काठमाडौँ । बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ बढ्दा चाँदीको भने प्रतितोला १५ रुपियाँ घटेको छ । हिजो मंगलबार भने सुन प्रतितोला ३ सय रुपियाँ घट्दा चाँदीको मूल्य स्थिर थियो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६ रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५५ रुपियाँ निर्धारण गरिएको छ । 

Advertisement

हिजो भने छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९१ हजार ३ रुपियाँ र चाँदी  प्रतितोला १ हजार २ सय ७० रुपियाँमा कारोबार भएको थियो ।  

Advertisement

Advertisement