तारेदेखि पाँचतारे डिलक्ससम्म संकेत चिन्ह अनिवार्य, स्तरीकरण बिना पर्यटकीय सेवा दिन नपाउने
होटलको फाइल फोटो ।

Advertisement

काठमाडौं । सरकारले एक तारा स्तरका होटलदेखि पाँचतारे लक्जरी रिसोर्टसम्मले अनिवार्य रूपमा पर्यटकीय सेवाका लागि संकत चिन्ह राख्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थासँगै सम्बन्धित रिसोर्ट, तारा स्तरका होटल र सबै प्रकारका बुटिक होटलले अनिवार्य रूपमा होटलको स्तरीकरण बुझाउने संकत चिन्ह राख्नुपर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होटल÷रिसोर्ट संकेत चिन्ह निर्धारण गरिएको सम्बन्धित सार्वजनिक सूचना जारी गर्दै यसको प्रयोग अनिवार्य गर्न र प्रयोग गर्ने होटल तथा रिसोर्टले पर्यटकीय सेवा सुविधा दिन नपाउने बताएको छ । पर्यटन विभागले ४ फागुन २०७७ मा गरेको निर्णय अनुसार सबै स्तरका रिसोर्ट, तारास्तरका होटल तथा सबै स्तरको हेरिटेज बुटिक होटल, पर्यटकस्तरको होटल, पर्यटक इन, पर्यटक लज, मोटेल, बेड एण्ड ब्रेकफास्टका लागि संकत चिन्ह राख्नुपर्ने व्यवस्था गरेको छ ।

Advertisement

यस्तो व्यवस्था अनुसार यी होटल तथा रिसोर्टबाट प्रदान हुने सेवा, गुणस्तर, क्षमता, अन्तर्राष्ट्रिय अभ्याससमेतको आधारमा पर्यटकस्तरको पूर्वाधार भएको संकत गर्न र नेपालभर चिन्हमा एकरूपमा ल्याउन यस्तो व्यवस्था गरेको उल्लेख छ ।

स्तर अनुसार ताराको संकेत
यो व्यवस्था अनुसार जति तारा स्तरको होटल तथा रिसोर्ट हो उति नै वटा ताराको संकेत राख्नुपर्ने छ । यस्तो व्यवस्था अनुसार एक ताराले एक र पाँच तारेले पाँच वटै तारा प्रयोग गर्नुपर्ने हुन्छ । पाँचतारे डिलक्सले तारा चिन्हसँगै डिलक्स, बुटिकल होटलले पनि तारासँगै बुटिक शब्द र लक्जरीले पनि तारासँगै लक्जरी शब्दसमेत राख्नुपर्ने व्यवस्था भएको छ । यस्तो तारा पाहुनाले स्पष्ट देख्ने गरी होटल अगाडि नै राख्नुपर्ने छ ।

विभागको अनुसार सम्बन्धित होटललाई तोकिदिएको मापदण्ड र संकने चिन्ह, रंग, शब्द र आकारसहितलाइ अनिवार्य रूपमा पालना गर्नुपर्ने भएको छ । पर्यटन विभागकाका होटल शाखा अधिकृत खेमराज जोशीका अनुसार तारा स्तरको होटलको नाममाा ठगी रोक्न, दर्ता विनाका होटल सञ्चालन गर्न नदिन र नियमन गर्न यस्तो व्यवस्था गरिएको हो ।

उनका अनुसार कुनै पनि तारा स्तरका होटल, रिसोर्ट तथा बुटिक होटल पर्यटन विभाग वा सम्बन्धित प्रदेश पर्यटन कार्यालयमा दर्ता नभइ सञ्चालन हुन पनि पाउने छैनन् । यी निकायबाट दर्ता भएका होटलहरूले पर्यटक ऐन २०३५ ले गरेकै व्यवस्था अनुसार अनिवार्य संकत चिन्ह प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको हो ।

यस अघि संकत चिन्ह प्रयोग नहुँदा दर्ता बिनाका होटलले पनि तारा स्तरको भन्ने, एक र दुई तारेले तीन वा चार तारे भन्ने, दर्ता बिन नै चार वा पाचतारे स्तरको सेवा सुविधा भएको भन्ने गर्दा पर्यटकमा भ्रम मात्रै फैलने गरेको विभागको भनाइ छ ।

होटल दर्ता बिना नै विज्ञापन गर्ने, विदेशमा प्रचार गर्ने, डलर कारोबार गर्ने, पर्यटकीय सेवा दिनेसहतिको गतिविधि हुने गरेकोमा यसलाई नियन्त्रण गर्न पनि यस्तो संकत चिन्ह सहज हुने जोशी बताउँछन् । बोलिचालीमा संकेत चिन्ह राख्ने भनेपनि त्यसले दिने अर्थ, संकेत चिन्ह बिनाले गर्ने कारोबारेदेखि समग्र होटल क्षेत्रमा हुने धेरै विकृति रोक्न सहयोगी हुने भएकोले पनि यस्तो व्यवस्था भएको बुझाइ पर्यटन विभागका अधिकृत जोशीको बुझाइ छ ।

यस्तो हुने छ होटलको तारा संकत


 

Advertisement

Advertisement