रोयल इन्फिल्डको नयाँ मोडल मेटोर३५० सार्वजनिकः यस्ता छन् विशेषता, कति पर्छ मूल्य ?

Advertisement

काठमाडौँ । रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता एमभी दुगड ग्रुप अन्तरगतको विवेक अटोमोवाइल्स प्रालिले आज नयाँ मोडल सार्वजनिक गरेको छ । रोयल इन्फिल्ड ब्राण्डले  क्रुइसर सिरिजमा नयाँ मोडलको मेटोर३५० सीसी सार्वजनिक गरेको हो । 

३५०सीसी अन्तरगत फायर बल, स्टेलर र सुपरनोभा गरी तीन भेरिन्ट रहेका छन् । जसमा फायर बलको दुई, स्टेलरको तीन र सुपरनोभाको दुई आधिकारिक रंग छन् । मेटोर ३५०सीसी एउटा क्रुइसर सिरिजको मोटरसाइकल हो, जसमा जे सिरिजको एयर आयल कोल्ड, एसओएचसी इञ्जिन रहेको छ । 

Advertisement

इन्धनको कार्यकुशलताको लागि इलेक्ट्रिक फ्यूल इन्जेक्शन(ईएफआई) भएको मोटरसाइकलमा थप सुरक्षाको लागि ड्यूअल च्यानल एबीएस पनि राखिएको छ । यस मोटरसाइकलमा टर्न टु टर्न नेभिगेशनको लागि गुगलसंगको साझेदारीमा बनाइएको ट्रिपर पोड र मोबाइल फोन चार्ज गर्नको लागि यूएसबी चार्जिङ पोर्ट पनि समावेश गरिएको छ । 

सुरुवाती दिनहरु देखिनै सफलता हासिल गर्दै आएको यस रोयल इन्फिल्ड ब्राण्डका मोटरसाइकलहरुलाई निरन्तरता दिंदै यो मोटरसाइकल बजारमा ल्याएको हो । नेपालमा लागि आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्सले आफ्ना १९ वटै शाखा तथा डिलरहरुमा मेटोर ३५०सीसी बिक्री प्रबर्द्धन शुरु गर्ने जनाएको छ । 

मेटोर ३५०सीसी अन्तरगत फायर बलको मूल्य ६ लाख, स्टेलरको ६ लाख १७ हजार र सुपरनोभाको ६ लाख ५४ हजार रुपियाँ मूल्य निर्धारण गरिएको छ । साउन १४ गतेदेखि विवेक अटोमोबाइल्सका १९ वटै शाखा तथा डिलरहरुमा बुकिङ तथा बिक्री शुरु गर्ने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement