लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर अपडेट गर्न नेप्सेको अनुरोध

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) ले लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर अपडेट गर्न अनुरोध गरेको छ । 

नेप्सेले बिगतदेखि नै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सिएलएस सिस्टमबाट प्राप्त पूँजीगत लाभकर विवरण सम्बन्धित राजश्व कार्यालयमा अपलोेड गरिंदै आएकोमा अधिकांश लगानीकर्ताको स्थायी लेखा नम्बर फरक फरक प्रविष्टि गरेको पाइएको हुँदा उक्त फरक स्थायी लेखा नम्बर आन्तरिक राजश्व विभागको साइटमा अपलोड हुन नसक्ने जनाइएको छ । 

Advertisement

नेप्सेका वित्त व्यवस्थापन शाखा अधिकृत सावित्रा केसीका अनुसार लगानीकर्ताहरुबाट समेत विभिन्न समयमा आफ्नो स्थायी लेखा नम्बरमा पूँजीगत लाभकर जम्मा नभएको गुनासो आएपछि अनुरोध गरिएको हो । 

लगानीकर्ताको वास्तविक स्थायी लेखा नम्बरमा पूँजीगत लाभकर नगएमा स्वयम् सदस्य दलाल व्यवसायी जवाफदेही हुनु पर्ने र लगानीकर्ताले पनि आफ्नो स्थायी लेखा नम्बर ठीक भए नभएको रुजु गरी यकिन गर्न हुन समेत अधिकृत केसीले विज्ञप्ति मार्फत अनुरोध गरेकी छिन् ।  
 

Advertisement

Advertisement