सर्वोत्तम सिमेन्टको सेयर प्रकरणबारे अर्थमन्त्रालयले धितोपत्र बोर्डसँग माग्यो स्पष्टिकरण

Advertisement

काठमाडौं । अर्थ मन्त्रालयले सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरीद प्रकरणबारे नेपाल धितोपत्र बोर्डसँग स्पष्टिकरण माग गरेको छ । मन्त्रालयले तीन दिनभित्र स्पष्टिकरण पेश गर्न बिहीबार पत्र काटेको हो ।  

अर्थमन्त्रालयले विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका बोर्डसँग सम्वन्धित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै ती विषयवस्तुबारे सत्य तथ्य यथार्थता के हो ? सोको स्पष्ट र तथ्यपरक विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

Advertisement

सर्वोत्तम सिमेन्टको झण्डै ११ हजार कित्ता सेयर अध्यक्ष ढुंगानाकी छोरी रेविका ढुंगानाले किनेको विषयमा समाचार बाहिर आएपछि मन्त्रालयले स्पष्टिकरण सोधेको हो । बुक बिल्डिङ विधिबाट पहिलो पटक आईपीओ निष्काशन गर्न लागेको यस कम्पनीको सेयर बोर्डका अध्यक्षकी छोरीसँगै बोर्ड सञ्चालक समितिका सदस्यसमेत रहेका उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आफ्नो भाइको नाममा र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका महाप्रवन्धक चन्द्रसिंह साउदले आफ्नो श्रीमतीको नाममा खरीद गरेको प्रमाण फेला परेपछि अहिले सेयर बजारमा चर्चा र आलोचना भइरहेको छ । 

Advertisement

Advertisement