सामलिङ पावरको आईपीओ साउन २२ गतेदेखि, कसले दिन पाउँछन् आवेदन ?

Advertisement

काठमाडौँ । सामलिङ पावर कम्पनीले साउन २२ गतेदेखि साधारण शेयर(आईपीओ) निष्काशन खुला गर्ने भएको छ । आयोजना प्रभावित स्थानीयलाई आइपीओ बिक्री गर्न लागिएको हो ।

प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । स्थानीयले भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।  

Advertisement

बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावितका लागि कुल ५ लाख कित्ता आइपीओ बिक्री खुला गर्न लागेको हो । जसमध्ये अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं ४ र ५ का स्थानीय बासिन्दालाई २ लाख कित्ता छुट्याइएको छ । बाँकी ३ लाख कित्ता भने इलाम जिल्लावासीका लागि भारीका स्थानीयका लागि छुट्याइएको बिक्री प्रवन्धकले जनाएको छ । 

लगानीकर्ताले इलाम जिल्लामा रहेका सिद्धार्थ बैंक, एनएमबि बैंक, नेपाल एसबीआई बैंक, सिभिल बैंक र लक्ष्मी बैंक शाखाबाट आवेदन दिन पाउनेछन् । उर्जा डेभलपर्स प्रालिको ग्रुप कम्पनी सामलिङ पावर कम्पनी लिमिटेडद्वारा इलाम जिल्लामा निर्माणाधीन माइबेनी जलविद्युत आयोजना अन्तिम चरणमा रहेको छ । 

सामलिङ पावरले १२ करोड ३० लाखको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

Advertisement

Advertisement