शेयर बजारमा फेरि करेक्शनः कारोबार रकम पनि घट्यो, विकास बैंक र होटलमा भने आकर्षण

Advertisement

काठमाडौँ । शेयर बजारमा आज पुनः करेक्शन देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार १५.११ अंकले घटेको हो । ०.४९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक ३०७९.८३ अंकमा ओर्लिएको छ । 

साताको पहिलो दिन आइतबार बजार ५४.३१ अंकले बढेर नेप्से ३०५८.६३ अंकमा पुगेर ऐतिहासिक उचाई कायम गरेको थियो । सोमबार करेक्शन देखिंदा ८.२४ अंकले बजार घटेको थियो । मंगलबार २९.२४ अंक र हिजो बुधबार पुनः १५.३० अंकले बजार बढेर नेप्से परिसूचक ३०९४.९४ अंकमा पुगेर ऐतिहासिक उचाई कायम भएको थियो । 

Advertisement

नेप्सेका अनुसार आज २१७ कम्पनीको २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपियाँ बराबरको कारोबार भएको छ । बजारमा करेक्शन देखिएसँगै कारोबार रकममा पनि गिरावट आएको हो । साताको पहिलो दिन १४ अर्ब ३० करोड २३ लाख ६५ हजार १ सय ४८ रुपियाँ, सोमबार १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४ सय ३१ रुपियाँ, मंगलबार १५ अर्ब १७ कोड ६ लाख ५१ हजार ६ सय ४३ रुपियाँ र हिजो बुधबार १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ४ सय ३५ रुपियाँ बराबरको कारोबार भएको थियो ।

बजारमा करेक्शन देखिएको दिन आज होटल समूह ४५.४१ अंक र विकास बैंक समूह ५३.४ अंकले बढेका छन् । बाँकी अरु समूह राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ८६.५५ अंकले घटेको छ ।

आज सबैभन्दा बढी रिडी हाइड्रोपावरका लगानीकर्ताले नाफा कमाएका छन् । रिडीको शेयर मूल्य आज ९.९५ प्रतिशतले बढेको हो । त्यसैगरी गुडविल फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ७.३३ प्रतिशतले घाटा व्यहोरेका छन् । गुडवील फाइनान्सकै उच्च कारोबार पनि भएको छ । गुडवीलको ३३ करोड ९२ लाख ५६ हजार ५६.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।   

Advertisement

Advertisement